इलामेली कवि तारा पौडेलका ५ मुक्तक
मुक्तक – १
नयन खोली हेर्न सके हार भित्र जित हुन्छ
अँगालोमा बेर्न सके फूल भित्र शीत हुन्छ ।
कोपिला ति फूल्न खोज्दै शैलजस्तै उठे भने
सम्हालेर हेर्न सके मुटु भित्र प्रीत हुन्छ ।।
मुक्तक – २
नयन खोली हेर्न सके हार भित्र जित हुन्छ
अँगालोमा बेर्न सके फूल भित्र शीत हुन्छ ।
कोपिला ति फूल्न खोज्दै शैलजस्तै उठे भने
सम्हालेर हेर्न सके मुटु भित्र प्रीत हुन्छ ।।
मुक्तक – ३
यादहरुको पहाड भित्र तिमी कतै हरायौ कि
जिन्दगीकै बहाव उठ्दा तिमी कतै डरायौ कि ?
उठ्छन छाल तल माथि बाँध बाँध्न गाह्राे हुन्छ
आफू खाली रित्तो हुँदै मन अन्तै सरायौ कि ??
मुक्तक – ४
धेरै हुन्छन भोग्नु पर्ने जिन्दगीका कथाहरु
दु:ख शुख जोख्नु पर्ने जिन्दगीका कथाहरु ।
झरनाझैँ समुन्द्रको छल्किअाउँने बहाव जस्तै
कति नभरिदै पोख्नु पर्ने जिन्दगीका कथाहरु ।।
मुक्तक – ५
तिम्रै दिलको अाँगनिमा बिस्कुन सुकाएँछु
मन भित्रको भकारीमा तिमीलाई लुकाएँछु ।
जे जे माग्दा दिन्छु भन्दै सब थोक लुटाउँदै
घुम्टाे खोल्दै बेलाबखत उनलाई फुकाएँछु ।।
_तारा पौडेल “अविरल”
सुर्योदय नगरपापालिका, ३
इलाम ।