नेपालको सत्ता परिवर्तनमा प्रवासको भुमिका
नेपालको ईतिहास लाई समीक्षा गरेर हेर्दा नेपालीहरु प्रवासी हुने सुरुवात १०४ बर्षे राणाहरुको क्रुद्ध शासक जंगबहादुरले १८१६मा बिर्टिस साम्राज्यवादको इष्ट इन्डिया कम्पनी संग भएको असमान सुगौली सन्धि पछि सुरुवात भएको भेटिन्छ । समान सुगौली सन्धि पछि नेपालले अाफ्नो थुप्रै भभाग गुमाउनु परेको थियो । जब जहाँनिया राणा शासनको बिरुद्धमा नेपालमा अान्दोलन सुरु भयो विषेश गरि २००७ सालमा विपी कोइरालाको नेतृत्वमा प्रजातान्त्रिक अान्दोलन सुरु भयो त्येती बेला प्रवासले विषेश गरि भारतमा बस्ने प्रवासी मजदुरहरुले महत्त्वपूर्ण भुमिका खेल्यो र नेपालमा १०४ बर्षे राणा शासनको अन्त्य र प्रजातन्त्रको उदय भयो । त्येति बेला प्रवासीहरुले एउटै माग राखेका थिय गाँस, कवास, शिक्षा ,स्वास्थ्य नि:शुल्क र स्वदेशमै रोजगारी राज्यले गर्नु पर्छ । तर राज्यले कुनै चासो देखायन प्रवासी लाई धोका दिए जब १७ सालमा राजा द्वारा प्रजातन्त्रको हत्या गरेर निरंकुश पञ्चायती व्यवस्था लागू गरे त्येस पछि फेरि प्रवासीहरु माथि परिवर्तनको नाममा विभिन्न सपना देखाएर अान्दोलन क्रान्तिमा सहयोग गर्न लगाइयो विषेश गरि २०५२ साल बाट सुरु भएको १० बर्षे जनयुद्धमा सहभागी बनाइयो र प्रवासीहरुले थुप्रै अपेक्षा गरेर महान जनयुद्धमा भौतिक , नैतिक , अार्थिक रुपमा सहयोग गरे । थुप्रै साथीहरूले प्रवास बाट सहिदको कोटा चुक्ता गर्नु भयो । हजारौं साथीहरू घाइते तथा बेपत्ता भएका छन। तर ७० बर्ष देखिको प्रवासीहरुको एउटै माग सम्बोधन भएको छैन। प्रवासीहरुलाई सत्तामा चढ्ने भर्याङ मात्र बनाय प्रवासीहरुका माग सम्बोधन गर्नुको सट्टा राज्यले ७० बर्षको इतिहासमा नेपालमा भएका कलकारखाना बन्द गरेर नेपाललाई परनिर्भर बनाएर बिदेशी दलालहरुको अखडा बनाउन पुगे । १६अौं शताब्दीको अफ्रिकी मुलुकमा त्येहाँका युवा युवतीलाई गोरा जातीका पुँजीपतीहरुले श्रम शोषण गर्न र यौन प्यास मेटाउन खरिदबिक्री गरे जस्तै नेपालमा युवा युवतीहरुलाई बैदेशिक रोजगारीको नाममा काठमाडौका गल्ली गल्लीमा दलालहरुले मेनपावर खोलेर अन्तर्वार्ताको नाममा बिदेशी पुँजीपतीहरु लाई बोलाएर खरिदबिक्री गर्न लगाइएको छ । बिदेश बाट दिनकै लासहरु अाइरहेका छन दिदीबहिनीहरु घरेलु हिँसा र यौन उत्पिडनमा परेर दिनकै रुदै फोन गरिरहेका छन । शासकहरु कुनै मतलब छैन । रेमिटेन्स भए पुग्छ । शासकहरु लुट्नमा मस्त छन अासेपासेहरु लाई पोस्नमा लागिरहेका छन । कुनै मतलव छैन छैन । प्रवासीहरुको अवस्था झन दिन प्रतिदिन विकराल बन्दै गइरहेको छ । जब सम्म देश अात्मनिर्भर बन्दैन । देशमा राष्ट्रिय पुँजीको बिकास गर्न देशमा कलकारखाना उधोग धन्दा खोलिदैन । प्रत्येक नेपाली स्वदेशमै श्रम संग जोडिदैन तबसम्म प्रवासीहरुको समस्या हल हुने सम्भावना छैन । त्येसैले देशलाई अात्म निर्भर बनाउन जबसम्म पुरानो राज्य सत्ताको अन्त्य जनवादी राज्यसत्ता बैज्ञानिक समाजको स्थापना हुदैन तबसम्म देश अात्मनिर्भर बन्दैन । अब प्रवासीहरुले अाफ्नो माग पुरा गर्नु अरुको बैसागी बनेर होइन अाफै प्रतिनिधि बनेर पूरा गर्नु पर्दछ । पूरा गर्नको लागि सम्पुर्ण प्रवासी नेपाली दाजुभाइ दिदीबहिनीहरुले अन्तिम पटक नेपाल कम्युनिस्ट पार्टीको एकीकृत जनक्रान्तिको कार्यदिशा अात्मसाथ गरेर बैज्ञानिक समाजवाद स्थापना गरेर सिंगो मानव समाजको बिकासको निम्ति जातिय छुवाछुत क्षेत्रीय लिंगिय भेगिय उत्पिडन रहित समाज स्थापना गर्न सम्पूर्ण प्रवासी नेपाली दाजुभाइ दिदीबहिनीहरु अन्तिम संघर्षको निम्ति एक जुट हौं ।
प्रवासी नेपाली जनसमाज भारत केन्द्रीय सदस्य तथा नगर अध्यक्ष कमरेड दिनेश

शनिबार, कार्तिक १३, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]