लहान अस्पतालमा लापरबाहीको सिमा नाङ्यो सरोकारवालाको उदासिनता सेवाग्राहीको आरोप

महेश सिंह सिरहा लहान सिरहा २७ भदौ । लहान ३ स्थित रहेको राम कुमार उमा प्रसाद स्मारक अस्पताल लहानमा स्वास्थ्य बिमा सम्बन्धि सम्पुर्ण सेवा उपलब्ध नभएको सेवाग्राहीहरुको आरोप छ । बिमा गराएका लहानका सलाम अन्सारी आफना छोरालाई जाँच गराउन जादा त्यस्ता सुविधा नपाएको गुनासो पोखे । डाक्टरले लेखेको औषधी पुरै नपाउनु र औषधी नपाउनुको कारण अस्पताल कर्मचारीलाई सोध्दा गैरजिम्मेवारी पुर्ण तरीकाबाट औषधी सकिएको हुन सक्छ भने जवाफ दिनु कतिको उचित हो भनेर आक्रोस पोखेका थिए ।
नेपाल सरकारद्धरा संचालन भएको स्वास्थ्य बिमा कार्यक्रमबाट सेवाग्राहीहरु असंतृष्ट भएका छन । स्वास्थ्य कर्मचारीहरुले घरघरमा गई स्वास्थ्य बिमा गर्ने गरीन्छ ।
यता स्वास्थ्य बिमा गराएकी अर्का सिरहा धनगढीमाई नगरपालिका १ बाखरकी प्रमिला कुमारी चौधरीको समस्या उस्तै रहेको बताईन। वहाले त झन रिर्पोट दिनमा पनि ढिला गरेको आरोप लगाईन।प्रविधिक तर्फको सबै कर्मचारी गफ चुटनमा व्यस्त देखिएको बताईन ।

अर्का सप्तरी जिल्ला भुसिमहौलियाका सुरेन्द्र प्रसाद चौधरीको गुनासो अर्कै खाले रहेको छ । वहाले भने सुत्केरी बिरामी लिएर आएको छु । यहाँ सुत्केरीको लागी कुनै पनि औषधी निशुल्क नपाईने रहेछ तर अर्को सरकारी अस्पतालमा सुत्केरीको लागी निशुल्क औषधि दिने गरेको बताए ।
यता अस्पताल समितिलाई भेटन जादा कुनै पनि पदाधिकारी अस्पतालमा नभएको दु:ख पत्रकार संग सुनाएका थिए ।

आइतबार, भाद्र २७, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]