मिडिया नेपालले विस्तार गरेको केन्द्रिय कार्यसमितिको प्रदेश नम्बर १ को अध्यक्षमा पत्रकार बिजय राउत सर्बसहमत चयन भएका छन् । राष्ट्रिय प्रजातन्त्र पाटीको शुभेच्छुक संस्था राष्ट्रवादी पत्रकारहरुको मन्च मिडिया नेपालको विस्तारित केन्द्रिय कार्यसमितिमा राउत सहित पाँच उपाध्यक्ष, उपत्यका संयोजक एक, महासचिव एक, कोषाअध्यक्ष एक, प्रदेश प्रमुख चार र चार जनालाई केद्रिय सदस्यमा मनोनित गरिएको केन्द्रिय अध्यक्ष गोपाल पौड्यालले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।
अध्यक्ष गोपाल पौडेल झापा तथा उपाध्यक्षहरुमा बाके श्रीधर सुवेदी,कास्कीबाट सूर्य वास्तोला, कञ्चनपुरबाट हेमबावु लेखक, भक्तपुरबाट विकल श्रेष्ठ, जुम्लाबाट अंगत देवकोटालाई चयन गरिएको छ।
यस्तै उपत्यका संयोजकमा दिलमाया तामाङ्ग, महासचिवमा मुकुन्द ढुंगाना, कोषाध्यक्षमा राजेन्द्र वस्नेत तथा प्रदेश १ को संयोजकमा बिजय रावत, वाग्मती प्रदेशमा बिजय नेपाल, लुम्बिनी प्रदेशमा तेज वली, सुदुरपश्चिममा विमल जैरु प्रदेश संयोजकमा चयन भएका छन् । विस्तारिक केन्द्रिय समितिको केन्द्रिय सदस्यहरुमा कैलालीबाट पुरु दाहाल, झापाका सान नेपाल, मकवानपुरका जिवराज बख्रेल र कञ्चनपुरका धु्रव अवस्थीलाई मनोनित गरिएको छ ।
प्रदेश १ को अध्यक्ष भएसङ्गै राउतले पत्रकारहरुको हीतको लागि , पत्रकार शुद्धिकरणको लागि आफ्नो पहलकदमी रहने बताए । राउत सदाबहार मिडिया प्रालिका अध्यक्ष तथा प्रधानसम्पादक समेत हून।

शुक्रबार, भाद्र २५, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]