सुनसरी ।
नेपाली काँग्रेस बराहक्षेत्र नगरपालिका वडा नम्बर ४ मा सर्वसम्मत नेतृत्व चयन भएको छ । पार्टीको १४औं अधिवेशन अन्तर्गत नुतन कुमार धामीको नेतृत्वमा २७ सदस्यीय समिति गठन भएको हो ।

सोमबार भएको कार्यक्रममा सभापति धामीसहित उपाध्यक्ष द्वय भुपाल बहादुर खड्का र पिप नारायण चौधरी, सचिव द्वय सुबिन विश्वकर्मा र गोबिन्द शाह, सह-सचिव द्वय सालिकराम निरौला र रेखा चौधरी रहेका छन् ।

त्यस्तै, सदस्यहरुमा शुशिला डागी, गोमा कार्की, कल्पना थापा, गाजल चौधरी, कृष्ण बहादुर बस्नेत, जगत बहादुर थापा, हेमन्त बहादुर पराजुली, जनक बहादुर कार्की, बाबुराम सुवेदी, दल बहादुर घिमिरे, भजनलाल चौधरी, रामतपेश्वर सदा, सुसना घिमिरे, मेहेरमान कार्की, विष्णु कुमार खड्का, कौशिला चौधरी, राहुल राई, धनकुमार गुरुङ, मनोज विश्वकर्मा र विरेन्द्र ठाकुर छन् ।

वडा नम्बर ४ बाट सुनसरी क्षेत्र नम्बर १ को प्रतिनिधित्व गर्न जयराम चौधरी, मेघराज पराजुली, राजेन्द्र खड्का, काशीराम चौधरी, देबकुमार चौधरी, बिन्दीलाल चौधरी, चुडा बहादुर बस्नेत, खेमराज दाहाल, शान्तीकुमारी रिजाल, नर्मदा पौडेल, जया धामी, कुमारी कार्की बस्नेत, गोरिया चौधरी (धामी), नारद विश्वकर्मा, रामचन्द्र शाह र दिवानसिंह राई समेत सर्वसम्मत प्रतिनिधि रहेको नवनिर्वाचित सभापति धामीले जानकारी दिए ।

४ नम्बर वार्डबाट काँग्रेसको सुनसरी जिल्ला सदस्य तथा महासमिति सदस्य रहेका काशीराम चौधरीलेसहमति, सहकार्य र एकता नै अहिलेको आवश्यकता रहेको भन्दै बराहक्षेत्र ४ ले त्यसको उदाहरण पस्केको सुनाए । हाल देशभर भइरहेको कांग्रेस अधिवेशनलाई एकता गर्नुपर्छ भन्ने सन्देश बराहक्षेत्र ४ ले दिएको छ, उनले भनें ।

त्यस्तै, कार्यक्रममा बोल्दै नवनिर्वाचित सभापति धामीले ४ नम्बर वडामा पार्टीको लागि थुप्रै चुनौती भएको र त्यसका लागि संगठन निर्माण तथा पार्टी मजबुत गर्दै लैजाने बताए ।

मंगलबार, भाद्र २२, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]