Khotang Post

२ महिना अगाडि

कविता-

“सतर्कताको अनुरोध”

पानीको विरोध
आगोले कहिल्यै गर्न सक्दैन
तर
जब आगोले न्यानोपन दिन छोड्छ!
आगो भएरै आगो हुनुको धर्म भुल्छ!
अनि सीमा नाघेर डढेलो जान थाल्छ!
तब आगोको विरोध चाहिँ
पानीले अवश्य गर्छ।

यतिबेला हामी पानी हौँ

आगोहरु सीमा नाघेर बलिरहेछ-
राष्ट्रको माथिल्लो अंगहरुमा।

त्यसैले याद रहोस्!
पानीले दृढ इच्छा राखि पछि-
सिमसिमे पर्न जान्दैन!
कि त चट्याङसंग बर्सिन्छ।
कि त भेल भएर पोखिन्छ।
कि त आँधीसंग मिसिएर उड्छ।
°°°
– मनिभक्त राई”गाउँले”
ठेगाना-इलाम

शनिबार, साउन ०९, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]