बिराटनगर ।
राजसंस्था, हिन्दु धर्म राज्य र संघीयता खारेज लगायतका एजेन्डालाई आत्मसात गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा पछिल्लो समय पार्टी प्रवेश गर्नेको संख्या बढ्दो क्रममा देखिन्छ । यसै क्रममा मोरङबाट १३ जना विध्यार्थीहरु राप्रपामा प्रवेश गरेका छन् ।
बुधबार एक कार्यक्रमकाबीच चेतन खड्काको समन्वयमा अन्य विभिन्न पार्टीबाट आएका विद्यार्थी प्रवेश गराइएको जिल्ला अध्यक्ष माधव आचार्यले जानकारी दिए । नवप्रवेशीहरुलाई खादा लगाई जिल्ला अध्यक्ष आर्चायले पार्टीमा स्वागत गरेका हुन् ।
पार्टी कार्यलय बिराटनगरमा भएको उक्त कार्यक्रममा केन्द्रिय सदस्य हिरालाल सेन्चुरी, जिल्ला अध्यक्ष माधव आचार्य, बिद्यार्थी संघका केन्द्रिय सदस्य द्वय साहिल दाहाल र सुरेश मिश्र लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

बुधबार, साउन ०६, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]