असार २३, २०७८ सुनसरी ।
बिगत केही समययता सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका संचारकर्मी तथा गीतकार रिकेश विश्वकर्माको देशभक्ति गीत ‘हाम्रो देश’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मङ्गलबार ‘भिजन नेपाल टिभी’ युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो । गीत धरानका गायकहरु एपी शेर्पा, सशोदा सुब्बा, सन्देश बम्जन लामा र साजन लामिछानेले गाएका छन् । गीतमा सङ्गीत सुजन रसाइलीले भरेका छन् भने गीतको संङ्गीत संयोजन मनोज मोतेले गरेका हुन ।

गीत धरानको म्युजिक मिडिया र काठमाडौंको भोइस अफ नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतकार रिकेशले जानकारी दिए । रिकेशले निर्देशन गरेको म्युजिक भिडियोमा धरानका स्थानीय कलाकारहरुले अभिनय गरेका छन् । भिडियोमा गरिमा डान्स सेन्टरको कोरियोग्राफी रहेको छ । भिडियोको छायांकन र सम्पादन एडम लिम्बूले गरेका छन् ।

आदिवासी जनजातिको पहिचान एवम् समग्र सबै समुदायलाई समेटेर देशप्रति सम्मानस्वरुप गीत निर्माण गरिएको गीतकार विश्वकर्माले बताए । म्युजिक भिडियो धरानं वडा नम्बर –११ कार्यालयको संयोजन तथा मकालु कला केन्द्रको प्रस्तुतिमा निर्माण गरिएको हो । देशभक्ति गीत ‘हाम्रो देश’ को म्युजिक भिडियो वडा न–११ का अध्यक्ष बाबुलाल लामाले सार्वजनिक गरेका हुन् । गीत निर्माणमा विभिन्न सङ्घसँस्थाले सहयोग रहेको निर्माण पक्षले बताएको छ । बिगतमा पनि कला तथा मनोरञ्जनको जगतमा अन्तरघुलित रहेका गीतकार विश्वकर्मा भन्छन्, आगामी दिनहरूमा पनि गीत- संगीत र मनोरञ्जन क्षेत्रमै केही गर्ने योजना छ ।

म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा दलित विकास समितिका संयोजक किशोर परियार, कार्यपालिका सदस्य कल्पना थापामगर, वडाका जनप्रतिनिधिहरु किरण राई, कृष्ण रिजाल, पत्रकार महासंघ प्रदेश १ का सचिव देवेन्द्र कार्की, समाजसेवी प्रकाश राई, सुशील सुवेदी, जितराज राई, कमला राईलगायतको उपस्थिति रहेको थियो ।

शनिबार, साउन ०२, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]