मोरङ ।
यतिबेला नेपाली कंग्रेसको आसन्न १४ औं महाधिबेसनको सरगर्मी बढेको छ । गाउँदेखि केन्द्रसम्म महाधिवेसनको कारणले कांग्रेसभित्र तरंग पैदा भैरहेको अवस्थामा मोरङको क्षेत्र नंवर दुईमा समेत महाधिवेसनको सरगर्मी बढेको देखिएको छ । यसैक्रममा मोरङ क्षेत्र नंवर २ मा पर्ने रतुवामाई नगरपालिकामा समेत कांग्रेसीहरु तातिएको देख्न सकिन्छ । देशभरीमा युवाको नेतृत्व र नेतृत्व परिवर्तनको आवाज उठिरहेको बेला रतुवामाई कांग्रेसको सभापतिमा युवा नेता दिपक निरौलाले दावेदारी प्रस्तुत गरेका छन । नेपाल विद्यार्थी संघवाट राजनीति सुरु गरेका उनि मोरङ क्षेत्र नंवर २ तरुण दलका क्षेत्रीय सचिव छन। उनी भन्छन, अब देश र पार्टिलाई जोगाउनको लागि अब युवा नेतृत्वको बिकल्प छैन । उनका अनुसार अबको कांग्रेस युवाको कांग्रेस हुनुपर्छ । आफ्नो राजनीतिक जीवनमा नेपाली कांग्रेस र सिंगो समाजका लागि महत्त्वपूर्ण योगदान दिइसकेका निरौलाले सभापति जित्नेमा कार्यकर्ताहरु विश्वस्त देखिन्छन् । आफूले रतुवामाईको सभापति पाएमा त्याहाको कांग्रेसलाई अझ मजबुत र सबल बनाउदै आगामी आम निर्वाचनमा पार्टीलाई जिताउने पनि योजना रहेको निरौलाको भनाई छ ।

शनिबार, आषाढ १९, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]