अनेरास्ववियुद्वारा पुर्वान्चल विश्वविद्यालयलाई ध्यानाकर्षण पत्र:
कोरोना महामारीका कारण कयौं समय देखि अस्तब्यस्त बनेको पुर्वान्चल विश्वविद्यालयलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी युनियनका केन्द्रिय सदस्य क्रमशः नवीन निरौला,अशोक आङ्देम्बे,विश्वराज यादवद्वारा संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाईएको छ।उक्त पत्रमा विश्विविध्यालयद्वारा लिईएको वैकल्पिक विधिको अनलाई परीक्षा लगायत अन्य परिक्षाको परीक्षा फल तत्काल सार्वजनिक गर्न साथै २०७८/१/१३ गते पछि कोरोना महामारीका कारण स्थगित रहेका परिक्षाका विषयमा विश्वविद्यालयद्वारा शिघ्र आधिकारिक सुचना प्रकाशित गर्न माग गरिएको छ।अनलाई मार्फत विश्विविध्यालयका उपकुलपतिलाई पठाईएको सो पत्रमा विभिन्न बहाना देखाउदै वर्षौ बित्न लागि सक्दा समेत विश्वविध्यालयद्वारा हालसम्म परिक्षा फल सार्वजनिक नगर्नु विश्वविद्यालयको चरम लापरबाही रहेको कुरा अनेरास्ववियु केन्द्रिय सदस्य नवीन निरौलाले बताए।उनले उक्त ध्यानाकर्षण पत्रलाई मध्यनजर गर्दै परीक्षा फल एवं रोकिएका परिक्षाका विषयमा विश्वविध्यालय बेलैमा सचेत नरहे आउने दिनमा अनेरास्ववियु विध्यार्थिको भविष्य सुनिश्चित गर्न जस्तोसुकै कदम चाल्न बाध्य रहने कुरा बताएका छन्।

शुक्रबार, जेठ २८, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]