मदन अधिकारी / भोजपुर
प्रदेश नम्बर एकको भोजपुर जिल्ला स्थित आमचोक गा.पा. द्वारा कोभिड -१९ रोग रोकथाम का निमित्त निकै कोठोर निर्णय लिएको छ । प्रदेश नम्बर एकका मुख्य मन्त्री शेरधन राईको गृह गा.पा. रहेता पनि कुनै ठोस योजना न आए पश्चात् तथा पछिल्लो बिकशित राजनैतिक घटना देखे पश्चात् कोभिड -१९ रोग रोकथाम तथा सङक्रमण रोक्न गा.पा. अध्यक्ष अशोक राईले ठाडो र कठोर निर्देशन दिएका छन् । हालै यश गा.पा. मा ९ जना कोरोना भाइरस संक्रमित भेटिए पश्चात् कुनै पनि निकायले ठोस भावि योजना न आएको भन्दै पालिका स्तरीय कोभिड -१९ संक्रमण रोकथाम तथा नियन्त्रण समन्वय समितिका अध्यक्ष समेत रहेका राईले जेठ ५ गते बैठक बोलाउदै शुविधा सम्पन्न कोभिड अस्पताल बनाउन स्वास्थ्य शाखालाई निर्देशन दिएका थिए । राईले प्रतेक विरामिको डेलि अप्डेट लिदै तत्काल स्वास्थ्य समन्वय गर्न र औषधी, स्वास्थ्य सामग्री प्रयाप्त व्यवस्थापनको लागि स्वास्थ्य शाखालाई निर्देशन समेत दिएका छन् । सोही बैठकमा यसै गा.पा.मा जेठ ८ गते देखि अर्को सूचना न आए सम्म पुर्ण रुपमा बन्दको घोषडा समेत गरिएको अध्यक्ष राईले जनाए ।
कोभिड व्यवस्थापनको जिम्मा पाए लगत्तै गा.पा. स्वास्थ्य शाखाले निर्देशन पाएको २ दिनमा नै कोभिड अस्पताल व्यवस्थापन सम्पन्न गरेको छ । आधुनिक तवरबाट अक्सिजन सहित निर्माण सम्पन्न भएको कोभिड अस्पताल तत्कालका लागि ५ बेड बाट सन्चालन भएतापनि आवश्यक्ता अनुसार बढाउदै लैजाने स्वास्थ्य शाखा प्रमुख महिनारायण चौधरीले जानकारी गराए । चौधरीका अनुसार हालै ९ जना कोरोना सङ्क्रमितहरु यस गाउपालिकामा रहेता पनि उनिहरुको अवस्था सामान्य रहेको तर पिसिआर टेष्ट नगरीएका २ जनाको अवस्ता सङ्कास्पत रहेको स्वास्थ्यकर्मिबाट जानकारी प्राप्त भएकोले तत्काल उनिहरुको एन्टिजेन टेष्ट तथा स्वास्थ्य सामाग्रिको व्यवस्थापन भने मिलाई सकिएको चौधरीले जनाएका छन ।

शनिबार, जेठ ०८, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]