खोटाङ / नेपाल पत्रकार महासंघ शाखा खोटाङले पत्रकार तथा सञ्चार माध्यमलाई मास्क र सेनीटाइजर वितरण गरेको छ । महासंघले कोभिड–१९ को महामारीका क्रममा जोखिम मोलेर समाचार सम्प्रेषण गरिरहेका जिल्लाका पत्रकार तथा सञ्चार माध्यमलाई मास्क तथा सेनीटाइजर वितरण गरेको हो ।

शनिबार खोटाङखबर साप्ताहिकको कार्यालयमा पत्रकार महासंघका अध्यक्ष दिलीप खत्री, पत्रकार महासंघका निवर्तमान अध्यक्ष दमन राई, सम्पादक समाजका अध्यक्ष कृष्ण आचार्य लगायतले पत्रकार तथा सञ्चार माध्यमलाई उक्त सामग्री हस्तान्तरण गरेका छन् ।

दिनानुदिन रिपोर्टिङमा हिँडिरहनु पर्ने पत्रकारको स्वास्थ्य सुरक्षाका लागि मास्क र सेनीटाइजर प्रदान गरिएको महासंघका अध्यक्ष खत्रीले बताए ।

महासंघले जिल्ला स्वास्थ्य कार्यालयले उपलव्ध गराएको सेनीटाइजर र मास्क पत्रकार तथा सञ्चार माध्यमलाई वितरण गरेको जनाएको छ ।

शनिबार, बैशाख १८, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]