सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चक्रघटी शाखाले ॠण बिमितको मृत्यु दाबी भुक्तानी गरेको छ ।
गत असारमा बराहक्षेत्र ८ निवासी पदम बहादुर मगरले साना किसान सहकारी संस्था लिमिटेड चक्रघट्टीबाट ६० हजार ऋण लिएर उनले सिटिजन लाइफ इन्स्योरेन्स चक्रघट्टीमा ऋण बिमा गरेका थिए । उनले सोही बापतको ऋण चुक्ता गर्नुपुर्व उनको मृत्यु भएपछि सो रकम इन्स्योरेन्स कम्पनीले सहकारीलाई भुक्तानी गरिदिएको कम्पनीका प्रमुख धनराज कार्कीले जानकारी दिए । कार्कीकाअनुसार ॠण लिएपश्चात् बिमितले एक वर्षको बिमा अबधिमा ३सय ४५ रुपैयाँ भुक्तानी गरेपछि उनको मृत्यु भएको हो ।
शुक्रबार चक्रघटीमा बिमितकि श्रीमती इन्द्रकुमारीलाई ६०हजारको बिमा रकम र ६हजारको काजकिरिया खर्चको चेक कम्पनीका प्रमुख कार्की लगायतले हस्तान्तरण गरेका थिए ।
कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगत साना किसान कृषि सहकारी संस्थासँग समन्वय गरि ॠण दाबी भुक्तानी दिन सुरु गरेको बताइएको छ । यसअन्तर्गत सहकारीबाट ॠण लिने ब्यक्तिले इन्स्योरेन्स कम्पनीमा ॠण बिमा गर्नुपर्ने छ । बिमाको अबधिभित्र बिमितको निधन भएमा इन्स्योरेन्स कम्पनीले भुक्तानी गर्नेछ भने बिमितले प्रत्येक १ लाखको ५सय ७५ का दरले बिमा गर्नुपर्ने प्रमुख कार्की बताउँछन् । यसअघि कम्पनीले दुईजनाले मृत्यु दाबी भुक्तानी गरिसकेको जनाइएको छ ।
बिमाले गर्दा आफूले ॠण तिर्न नपरेपछी इन्स्योरेन्स कम्पनीप्रती आभार प्रकट गर्दै इन्द्रकिमारीले भनिन्, ऋण तिर्नुअगाडी नै श्रीमानको मृत्यु भएपनी बिमा कम्पनीले गर्दा दुख ब्यहोर्नु परेन । यता कम्पनीका प्रमुख कार्कीले यस् कार्यक्रमले धेरै बिमित सहित साना किसान सहकारीलाई समेत राहत दिएको जिकिर गर्दै बराहक्षेत्रका सम्पुर्ण सहकारीलाई यो सुबिधा लिन आग्रह गरेका छन् ।

शनिबार, बैशाख १८, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]