खोटाङ / कोरोना भाईरसको दोश्रो लहरको महामारीलाई मध्यनजर गर्दै दिप्रुङ लगायत खोटाङको सबै हाटबजार बन्द गर्ने निर्णय गरेको छ ।

मुख्य ब्यापारिक केन्द्रको रुपमा रहेको दिक्तेल बजार,साप्ताहिक रुपमा लाग्ने खोटाङको सबै हाटबजार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सोमबार बसेको बैठकको निर्णय अनुशार प्रशासनले जिल्लाका विभिन्न स्थानमा लाग्ने हाटबजार बन्द गराउने निर्णय गरेको हो।

उता दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पनि प्रशासनको आदेश अनुसार तत्काल पालिका भरिको सर्वसाधारणलाइ बन्दको सूचना दिइसकेको छ । सोमबार सुचना जारी गर्दै
बिश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउँनका लागि दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीस्थित पञ्चमीबजारमा हरेक सोमबार र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मामा हरेक शनिबार लाग्ने साप्ताहिक हाटबजार बन्द गरिएको हो ।

अर्को सूचना नभएसम्मका लागि साप्ताहिकरुपमा लाग्ने हाटबजार बन्द गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।
गत वर्षको लकडाउनकाबेला खेर जाने अवस्थाका किसानको तरकारी अनुमानित ६६ हजारको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले खरिद गरेर राहतकारुपमा बाँडेको कृषि शाखा संयोजक सरगम बुढाथोकीले बताईन । गत वर्षकैजस्तो संकटको अवस्था आएमा यसपल्ट पनि किसानको उत्पादनमा कुनै क्षती हुने काम हुन नदिने गाउँपालिकाले जनाएको छ ।

मंगलबार, बैशाख १४, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]