कृष्णकला राई खोटाङ / संयुक्त आवाज परिवर्तन समाज संस्थाले दुबै मृगौला पिडित र संरक्षण बिहिन बालबालिकाको लागि सहयोगार्थ अभियान सञ्चालन गरिरहेको छ । समाजले दुबै मृगौला फेल भएपछी हाल उपचाररत खोटाङको केपिलासगढी गाउँपालिका-७ सुङ्देलका ६१ बर्षिय दलबहादुर राई(धनसेर) र बाबू आमा गुमाएका ओखलढुंगा जिल्ला मानेभञ्ज्याङ गाउँपालिका- ६ थाक्लेका संरक्षण बिहिन तीन बालबालिकाको लागि सहयोगार्थ अभियान थालिएको हो ।

आमा बुबा गुमाए पछि १३ बर्षिय रबिन सार्की नै एक भाइ र बहिनिको अभिभावक बनेका छन् । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको २०७७/१०/१४ सिफारिस अनुसार आमा निरु सार्किको आगलागी भबितब्यमा परि उपचारको क्रममा मिसन अस्पताल ओखलढुंगामा २०७४/१२/२१ मा मृत्यु भएको र बाबू लिले सार्कीको पनि मृत्यु भइसकेको हुँदा संरक्षण बिहिन बनेका तीन बालबालिकाको दीर्घकालीन आवास, शिक्षादिक्षा ब्यपस्थापनमा आवाश्यक सहयोगको लागि सिफारिसमा उल्लेख गरिएको छ ।

काधमा जिम्मेवारी थपिएको रबिन संङ्गै नाबालक दुई बाबुहरुको शिक्षा क्षेत्रमा टेवा पुग्ने लक्ष्यका साथ नजिकको विद्यालयमा अक्षयकोष स्थापना गर्ने तयारी गरिएको सस्थाका सदस्य भोगिन्द्र चाम्लिङले बताए । चाम्लिङको भनाई अनुसार रकम यतिउती भन्दा पनि जति उठ्छ त्यति नै रकमको अक्षयकोष खडा गरिदिने छौ ” आफ्नो एफेम ओखलढुंगाको स्टेशन म्यानेजर बिनु राईको रिपोर्टिङ पहल र केही ब्यक्तिको आर्थिक सहयोगमा स्कुल ड्रेस, आवाश्किय कापी कलम, ब्यबस्थापन गरिएको जनाईएको छ ।

यस्तै दुबै मृगौला फेल भइ बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचाररत दलबहादुर राई(धनसेर)को पारिवारिक अबस्था नाजुक भएको कारण सहयोगको अपिल गरिएको सस्थाका सदस्य शशी थुलुङले बताइन् । राईको उपचारमा हाल सम्म भएको जायजेथा सकिए पछि आर्थिक सहयोगको याचना गरिएको पिडित परिवारको भनाई रहेको छ । फेसबुक सन्जालको माध्यम बाट चलाइने हरेक अभियान मध्ये गत महिना ताप्लेजुङको आगलागीबाट बिस्थापित २४ परिवारलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिसकेको छ । मृगौला पिडित दलबहादुर राई(धनसेर)को लागि सहयोग गर्न चाहानु सहयोगी दाताले संयुक्त आवाज परिवर्तन समाजको अध्यक्ष
Brinda Raj Rai
Rastriya Banijya bank
Acc. No, 1150100043599010
Chakrapath Kathmandu
Mobile no. 9865534585
मा जम्मा गर्न सकिने ब्यबस्था मिलाइएको छ भने संरक्षण बिहिन बालबालिकाको लागि सहयोग गर्न चाहाने जो कोहिले
पनि Global IME Bank
Brinda Raj Rai
Acc. no, 8807010005493
Branch Gwarko
Mobile E-Bank 9865534585
==========
IME PAY
9865534585 मा जम्मा गर्न सकिने ब्यबस्था रहेको संस्थाले जनाएको छ ।

शुक्रबार, चैत्र २०, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]