१६ चैत्र, धरान । बिगत एक दशकदेखी सांगीतिक क्षेत्रमा क्रियाशील धरानका गायक प्रमोद पोर्तेलले आफ्नो नयाँ गीत माया को म्युजिक भिडियो शनिबार धरानमा एक कार्यक्रमका बीच सार्वजनिक गरेका छन् ।

बरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा गायक पोर्तेलको अफिसियल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको छ ।

गायक पोर्तेलको नै शब्द तथा संगीत रहेको गीतमा उनलाई गायिका हिना मल्लले साथ् दिएकी छिन् । माया गर्ने प्रेमिल जोडीहरु टाढा टाढा भएर बसेका अवस्थामा एक अर्काको फिलिङस कस्तो हुन्छ भन्ने समग्र गीतको भाब रहेको गीतको भिडियोमा गायक (गायिकाकै अभिनय रहेको छ ।

गायक प्रमोद पोर्तेलको दोस्रो एल्वम माया हो को यो तेस्रो भिडियो रिलिज गरिएको हो र यस अघि उनले माया हो,फर्कि आउँछु बोलका दुई गीतको भिडियो रिलिज गरिसकेका छन् ।

गीतको संगीत संयोजन डानिएल गदाल, , मिक्सिङ, रविन छेत्री र रेकर्डिङ्ग अपार रेकर्डस धरानको रहेको छ भने आभास जंङ्ग माझी र एडम लिम्बुको छायाँकन रहेको भिडियो को निर्देशन तथा सम्पादन सुल्तान फिल्म्स युकेको सुल्तान इदिङ्गोले गरेका हुन् ।

भिडियो रिलिज पछि बोल्नु हुँदै बरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठले पछिल्लो समय सुगम संगीतमा यस्ता किसीमका गीतहरु नआएको भन्दै गायक पोर्तेललाई सफलताको शुभकामना दिएका छन् ।

कार्यक्रममा बिशेष अतिथी चर्चित गायक शिव लामिछाने ,बरिष्ठ लोक गायक गंगा बरदान ,विजयपुर मिडिया ग्रुपका निर्देशक हिमाल राई , धरान संगीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ ,गायक रोहित मास्के,गायक मनोज मोते,गायक डिल्ली फोम्बो, संगीतकार भानु थापा मगर,बराह ग्रुपका पी।आर।ओ सुरेन्द्र सिंह विस्वकर्मा अतिथी रेका थिए ।

सोमबार, चैत्र १६, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]