कृष्णकला राई खोटाङ /चैत १२ गते बिहिवारको दिन थियो । बिहान को १० बज्यो काम विशेषले जिल्ला अस्पताल दिक्तेल लागे गाउँमा अौषधि पठाईदिनु पर्ने हुँदा टिकट काउण्टरमा निकै भिडभाड थियो टिकट नलिनहुने भएको कारण काउण्टरमा उभिए म भन्दा पछाडी उमेरले झण्डै ७५ बर्षको देखिने एक जना आमा हुनुहुन्थ्यो, मैले उहाँलाई म भन्दा अगाडि टिकट काट्न प्राथमिकता दिए ती आमाले भन्नू भयो, बाबू मेरो टिकट काटिदेउन? काउण्टरको कर्मचारीले सोधिन बिमा गर्नु भाछ? आमाले भन्नू भयो गरेको त थिए नानी घरमै छोडेछु,नागरिकताले हुन्छ भनेको सुनेको थिए त्यही छ म संग काउण्टर बाट जवाफ आयो हुन्छ दिनुस, आमाले पोल्टाबाट झिकेर दिनु भयो टिकट काट्यो पैसा लागेन त्यस पछि मैले टिकट लिए ।

टिकट त काटियो तर जाँच गर्नको लागि निकै समय कुर्नु पर्ने देखियो आफ्नो टिकटमा नाम कहिले आउँछ भन्ने पर्खाइमा कम्तिमा पनि ५० जना जतिको भिड्भाड थियो । म उभिन्दा उभिन्दा गरे हदै नभए पछि नजिकै कुर्सिमा बसे, म संगै टिकट लिने आमा नि मेरै छेउमा आएर कुर्सिमा सुत्दै उठ्दै गर्नु भयो मैले सोधे आमा कहाँ बाट आउनु भएको हो? आमाले हतपत जवाफ दिनु भयो बास्पानी बाट नानी, मैले पुर्ण प्रश्न गरे तपाईलाई निकै गाह्रो भएको हो? आमाले भन्नू भयो हजुर नानी मैले टिकट बितरण गर्ने सिस्टरलाई भने सिष्टर उहाँ निकै सार्हो हुनुहुदो रहेछ उहाँको टिकट दिनुसन है हेर्नुस त अबस्था, फर्केर हेर्दै भनिन अघि भन्नू पर्दैन थियो भन्दै टिकट हातमा थम्याई दिए पछि आमा संगै आएकी साईनोले बुहारीको बैनी सङ्ग ओ.पि.डि कक्ष तिर लागे,मेरो त पालो कहिले हो कहिले त्यतिकैमा अर्को जना सास फेर्न नि नसक्ने फेरि अर्को आमा देखे । म यताउता गरेको देखेर मलाई गुहार मागे हेर्नुन आमा लिएर आएको उता बाट टिकट यता आको छ माग्छु दिदैनन ।

मैले भने हजुरको आमा के बिरामी उहाँले हड्बडिदै फुत्त जवाफ दिहाले दमको समस्या हो डोकोमा बोकेर अहिले ल्याईपुर्याएको अक्सिजन दिहाल्नु पर्छ नत्र सार्ह्रो हुनुहुन्छ । मैले टिकट मागिदिए टिकट लिएर एमरजेन्सी तर्फ मोडिने बेला बाहिर निस्कनु भन्दा अगाडि आमालाई ढाड्मा बोक्नु भयो हामी एमर्जेन्सी कक्ष तिर मोडिन्दै सोधे तपाईंको घर? टेम्मा हो म्याडम भन्नू भयो टेम्मा भने पछि मेरो छिमेकी हुनुहुदो रहेछ मेरो नि घर ओख्रे बताए । केही खुड्किला पार गरेपछी हामी एमर्जेन्सी कक्ष पुगिम बिरामीको चाप उत्तिकै थियो हत्तपत्त मैले डा: साबलाई भने उहाँ यस्तो अबस्थामा हुनुहुन्छ तत्काल उपचार गर्नु पर्यो, अक्सिजन नदि नहुने भाछ, डा: साबले बेड्मा लगेर सुताउदै गर्नुस भनेर भन्नू भयो हामी बेड्मा पुग्ना साथ अक्सिजन लिएर डा: साब उपस्थित हुनु भयो, अक्सिजन दिन साथसाथै अन्य अौषधी पनि लगाउन थालियो आमा १०, मिनेट पछि अलि बोल्न सक्ने हुनु भए जस्तो महसुस मैले गरे ।

हेर्दा निकै उमेर खानु भएको आमाको आँखा निकै धमिलो देखिन्थ्यो मैले सोधे आमा तपाईलाई आँखाको पनि समस्या छ हो? उहाँले भन्नुभयो हजुर नानि आँखा त झन केही देख्दिन, मर्न नि सकिन, हैट्ट आमा! त्यसो भन्नुहुन्न उहाँको छोरि देविका खत्रीलाई शुक्रबार निशुल्क आँखा शिबिर दिक्तेलमा हुने कुरा वृतान्त कहे म पनि अलि हत्तार भएको कारण केही परे फोन गर्नुस भनेर सम्पर्क नम्बर दिए त्यस पछि भोलि शिबिरमा भेट्छु भन्दै त्यहाँ बाट बिदा भए । भोलिपल्ट १३ गते शुक्रबारको दिन आँखा उपचार केन्द्र दिक्तेलको प्राबिधिक सहयोग नेपाल पत्रकार महासंघको ६६ अौं स्थापना दिवश नेपाल नेत्र ज्योति संघको ४३ अौं स्थापना दिवशको अबसरमा एक दिने निशुल्क ज्येष्ठ नागरिकहरुको लागि आँखा शिबिर ।

बिहानको १० बजिसकेको थियो पत्रकार महासंघ जिल्ला शाखा खोटाङको अध्यक्ष दमन राई ज्यु साथै हिजोको मैले शिबिरमा उपस्थिति हुनको लागि आग्रह गरेको देविकाबाट झन्डै एकै साथ फोन आयो, बैनी कार्यक्रममा जानू पर्छ ढिला हुन लाग्यो । मैले नि प्रतिउत्तर दुबैलाई एकै दिए म तयारी हुँदै छु आईहाले तर कहाँ पो भेट्ने? अध्यक्ष ज्युले भन्नुभयो खोटाङ खबरको कार्यालयमा आउनुस हामी यहि छौ, म नभन्दै १० मिनेट पछि कार्यालय पुगे खोटाङ खवर साप्ताहिकका सम्पादक दिलिप खत्री अध्यक्ष ज्यु सङ्गै आँखा अस्पताल पुगियो आँखा अस्पतालको गेटबाट प्रवेश गर्न साथ त्यही आमाको टिकट काटिन्दै रहेछ । मैले सोधे टिकट लिनु भयो? उहाँहरुले लिदैछौ भनेपछि म ढुक्क भए भित्र नेपाल नेत्र ज्योती संघका सभापति ईन्द्र कसजु लगायत अन्य पदाधिकारी ज्यु हरु हुनुहुन्थ्यो । ८७ बर्षिय आमा हिरादेवी खत्री अन्य बिरामिको तुलनामा निकै पृथक देखिनु हुन्थ्यो उहाँ एमर्जेन्सी कक्ष बाटै ल्याइएको हुनाले हामिले उहाँलाई चेकजाँच गराएर एमर्जेन्सी कक्षमा पठाउन पहल गरिउ उहाँको दुबै आँखा अप्रेसन गर्न पर्ने देखियो, डा: साबले भन्नू भयो तपाईंको दुवै आँखामा समस्या रहेछ आउदै गरेको २६,२७ र २८ गते आँखाको निशुल्क शल्यक्रिय हुँदैछ त्यो बेला आउनुस , बिरामीको आफन्त छोरिले हुन्छ भन्नुभयो ।

बाहिर निस्केपछि सबैको उहाँ प्रती नजर गयो मैले कुरा थप गर्दै हिजोको काहानी बताए फोटो खिच्ने कार्यक्रम भयो त्यस पछि उहाँ सङ्गै म पनि एमर्जेन्सी कक्ष तर्फ मोडिए मैले ब्याग बोकिदिए उहाँको छोरिले ढाड्मा बोकेर झार्नु भयो । मैले आमालाई बेड्मा आइपुग्न साथ सोधे आमा अलिक ठिक हुनुभयो ? आमाले गह भरी गहकिला आसुको नुनिलो छुट्को सँङ्गै भन्नुभयो बाबू ठिक भए घरमा अपांग छोरी रोएको रोएकै छे घर जान पाए हुन्थ्यो ।

त्यो भनाईले म भावुक हुँदै भने परिवारमा को को हुनुहुन्छ ? आमाको सन्तानमा छोरा रहेनछन् श्रीमान पनि बितिसक्नु भएको अन्य छोरिको बिवाह भए पछि तिनै अपांग छोरी सङ्ग जिविको पार्जन गरेर बसेको रहेछन् अस्पताल ल्याउने कान्छी छोरी हो मेरो भन्दै बताउनु भयो । अनि उहाँको छोरी तर्फ फर्केर सोधे घर चै कता हजुरको ? घर दोर्पा बताउदै भनिन मेरो श्रीमान हुनुहुन्न एउटा छोरा छ छोरालाई दिक्तेलमा बोर्डस लगाइदिएको छु पढाइ राम्रै छ म्याड्म हरुले नि बाबा गुमाएको भनेर प्यारो गर्नु हुन्छ, म झन भावुक भए । समय झन झन घर्किसकेको थियो स्वयंसेवकको रुपमा सर्मिला बिश्वकर्मा र म थिए अन्य पनि हुनुहुन्थ्यो।

त्यस रुममा अन्य दमको बिरामी नि हुनुहुन्थ्यो बिरामिलाई मिठा मिठा गफ गरेर भुल्याउदै भने लु आमा मेरो काम छ म निस्किन्छु है । आमाले मनले नमान्दै नमान्दै हवस बाबू भन्नुभयो मैले फेरि सोधे? भरै म आउनु नआउनु सबैको मुखबाट एउटै जवाफ आयो यति मज्जाको मान्छे आउनु नि! मैले हवस भन्दै उकालो निस्किएर फेरि शिबिरमा पुगे म पुग्दा मान्छेको भिड पातलिदो थियो त्यो बेला खाजाको समय भएको रहेछ हामी खाजा खानाको लागि आँखा केन्द्रको माथिल्लो तलामा पत्रकार टोलिका दिलिप दाहाल बाहेक दमन राई, बन्द्री आचार्य, सर्मिला बिश्वकर्मा, म स्वयं अन्य कर्मचारी सहित निस्कीयौ खाजा सकेपछि केही मान्छे बिच मिठा मिठा गफ पनि भए सड्कका कुरा देखि लिएर बिकाशले फड्को मारेको स्मरण ताजै राख्दै आ- आफ्नो कुरा उठ्यो । त्यस पछि हामी तलामुनी झर्यौ बिरामी आउने मान्छे लगभग अन्तिम चरणमा पुगेको थियो । केही सामान राख्न सहजीकरण गर्दै सभापति कसजु सङ्ग छुट्टिएर हामी आ आफ्नो गन्तव्य लाग्यौ

शनिबार, चैत्र १४, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]