खोटाङ / आँखाका बिरामीलाई लक्ष्यीत गर्दै आँखा उपचार केन्द्र दिक्तेलमा एक दिने निशुल्क आँखा शिबिर सम्पन्न भएको छ ।

४३ औं नेपाल नेत्र ज्योती संघ दिवश,६६ औं नेपाल पत्रकार महासंघ स्थापना दिवश ,आँखा उपचार केन्द्रको प्राबिधिक सहयोग र ज्येष्ठ नागरिक संघको ब्यबस्थापकमा शुक्रबार भएको एकदिने आँखा शिबिरबाट ४२ जना ज्येष्ठ नागरिकले सेवा लिएका छन् ।

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका लगायत विभिन्न ठाउँबाट आखाँको समस्या भएर आएका मध्ये १८ जनालाई आवाश्यकता अनुसार निशुल्क रुपमा औषधी बितरण गरिएको र बाँकी १३ जनालाई जटिलताको आधारमा निशुल्क आँखा शल्यक्रियको लागि आगामी चैत २६ देखि २८ सम्म हुन गइरहेको शिबिरमा बोलाइने ब्यबस्था मिलाइएको नेपाल नेत्र ज्योती संघ खोटाङका सभापति ईन्द्र कसजूले बताए ।

जेष्ठ नागरिकलाई आँखाका विभिन्न समस्याबाट पिडित भएका बिरामीको उपचारका लागि आँखा उपचार केन्द्र दिक्तेल र रावाबेँसी गाउँपालिकाको केन्द्र कुभिन्डे हरमटारमा निःशुल्क आँखा जाँच तथा शल्यक्रीय शिबिर सञ्चालन गर्ने तयारी गरिएको हो ।

हरमटारमा आगामी चैत २१ गतेदेखि २३ गतेसम्म र आँखा उपचार केन्द्र दिक्तेलमा चैत २६ देखि २८ गतेसम्म निःशुल्क शल्यक्रीय शिबिर सञ्चालन गरिने बताइएको छ । पाट्नर्स फर इक्विटीको वित्तीय सहयोग, रावाबेँसी गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोग एबं सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा नेपाल नेत्र ज्योती संघले आँखा उपचार शिबिरको तयारी गरिएको हो ।

दुई स्थानमा सञ्चालन हुने शिबिरमा कम्तीमा दुई सय जनाको आँखाको शल्यक्रीया गर्ने लक्ष्य राखिएको नेपाल नेत्र ज्योती संघका सभापति कसजूको बुझाइरहेको छ ।

शुक्रबार, चैत्र १३, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]