काठमाडौं/ पछिल्लो समय चर्चामा आईरहेकी गायिका रश्मी राइले ‘भज्याङ खर्क’ बोलको पुर्वेली लोक गितको भिडियो सार्वजनिक गरिसकेकी छिन् ।खोटाङको बराहपोखरी,चिसापानी, खोटाङबजार, टेम्के सेल्मे परिबेशलाई समेटेर बनाईएको गित काठमाडौंमा सार्बजनिक गरिएको हो ।

केही समय पहिले ‘मान्छेको भिड भित्र’ बोलको गीतको भिडियो सार्वजनिक गरेर चर्चामा आएकी खोटाङ जिल्ला जन्तेढुङ्गा गाउँपालिका-४ डम्बर्खुशिबालय चुम्लुङ घर भएकी गायिका रश्मी राई आफ्नो यो पछिल्लो सांगीतिक कोसेली सार्बजनिक गरे पश्चात् धेरै श्रोता, दर्शकले मनपराई दिनु हुनेमा बिश्वस्त रहेकी छिन् ।

अम्बर बिष्टकोे शब्द, सशि गुरुङ बाङ्देलको संगीत रहेको यस गितमा राजेश पायल राई र रश्मी राईको स्वर रहेको छ ।
बाल्यकाल देखि नै गायिका बन्ने ईच्छा बोकेकी रश्मि राईले पछिल्लो समय भने साकेला, पुर्वेली लोक, आधुनिक गित बाहेक बान्तावा, चाम्लिङ, मैथिली, र कोयी गरि ४ भाषाको ५ वटा गितमा स्वर दिईसकेकी छिन् । एक सय भन्दा बढी गितमा स्वर दिसकेकी राई हाल रेकर्डिङ साथै प्रोग्राममा ब्यस्त रहेको उनी बताउँछिन् ।

गित सङ्गितमा प्रबेश गरेको छोटो समयमै आफुले पाएको सफलता, दर्शकको मायाँले गर्दा सांगितिक क्षेत्रमा अगाडी बढ्न प्रेरणा मिलेको उनको भनाई रहेको छ ।

भज्याङ खर्क भिडियो हेर्नको लागि फुलन्देकी आमाको अफिसियल युट्युब च्यानल मार्फत हेर्न सकिनेछ ।

शुक्रबार, चैत्र ०६, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]