सुबिन विश्वकर्मा(बराहक्षेत्र)
जुरेली अर्थात बिनोद रसाइली । विशेषगरी नेपाली हास्यजगतमा यो परिचित नाम हो । पर्दामा दर्शकलाई “लशुन केलाएर” भन्ने थेगोले पेट मिचीमिची हसाउन सक्ने उनको महत्त्वपूर्ण विशेषता हो ।
त्यसो त नेपालमा हास्य कलाकारले मूख्य भूमिका पाउन थालेको लामो इतिहास भने छैन् । ठूलो पर्दाहरुमा “जोकर” को रूपमा प्रयोग हुने हास्यकलाकार अहिले भने कथाको मूख्य चरीत्रमा देखा पर्ने गरेका छन् ।
वि.स. २०६० सालबाट सडक नाटकबाट कलाकारिताको यात्रा सुरु गरेका जुरेलीले पहिलो एल्बम “जुरेलीको मुस्कान” २०६५ सालमा बजारमा ल्याएका थिए । नेपाल टेलिभिजनबाट प्रशारण हुने हास्य टेली श्रीखंला “जय होस्, झ्याईकुटी झ्याई” मा समेत अभिनय गर्न भ्याए ।
त्यस्तै, उनले ठूलो पर्दाको “ईकू ब्याक अगेन” चलचित्रमा उनको अभिनय देख्न सकिन्छ । लगभग १५ वटा छोटो चलचित्रमा अभिनय गरेका जुरेली लेखक तथा निर्देशक पनि हुन् । उनले गरेका छोटा चलचित्रहरुमा “उसको डायरी, डामाडोलै डामाडोल, नरिसाउनु ल, मामा भान्जा लगायत सार्वजनिक भइसकेका छन् भने “तिरस्कार” नामक छोटो चलचित्र भने रिलिजको तर्खरमा छ ।
धरानका स्थायी बासिन्दा जुरेली तत्काल “कर्तब्य” टेलिचलचित्रको प्रमोसन र च्यारिटी शो मा ब्यस्त छन् । धरानको सैनिक भवनमा प्रथम शो गरिसकेका उनले विभिन्न स्थानमा निशुल्क शो गर्नको लागि प्रायोजकको खोजिमा रहेको बताएका छन् । उनकाअनुसार उक्त टेलिचलचित्र वातावरण संरक्षण र जलबायु परिवर्तनबारे जनचेतना जगाउने सन्देश बोकेको छ भने यसमा उनको लगानी र सह निर्देशन समेत रहेको छ ।
उनले चलचित्र प्रदर्शनबाट उठेको रकमले धरानमा रहेका सडक बालबालिकाहरुलाई एकदिन निशुल्क खाना खुवाउने योजना रहेको बताए । चलचित्र राकेश राईको निर्माणमा प्रकाश लिम्बुले निर्देशन गरेका छन् । कलाकारहरुमा सुजता शेर्पा, सुजन रसाइली, लक्ष्मण खनाल, शारदा शाक्य, प्रकाश लिम्बु, सुवास वर्देवा, मनोज तिवारी, विशाल सुनुवार, सुवास राई, रञ्जित बराइली, रुपा राई, कल्पना खड्का, उमा चाम्लिङ, अस्मिता राई, इन्द्र लिम्बु, खगेन्द्र चौहान र विपिन ओझा रहेका छन् ।

मंगलबार, चैत्र ०३, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]