आयो भन्छन् सबैले गाउँ गाउँमा सिंहदरबार खै
गरिबको त नि यहाँ झुपडी छैन झन घरबार खै
चुनाव हुने बेलासम्म त बिकास र परिवर्तन गर्छु
तर खै बिकास र दिएको आश्वासन र बिचार खै
,

आँसु त मेरो हैन हेर अब तिम्रो झारेर देखाउछु
दुखायौ मन तिमीले साह्रै खुसी पारेर देखाउछु
तिमीले छोड्दैमा मलाई मर्छ नभन तिम्रो सामु
देखाइ देखाइ डोलिलाई खोलि तारेर देखाउछु

ठिकै गर्‍यौ तिमी ले मलाई छोडेर
फोटो अनि मन हरु जलाई छोडेर
अझैपनि हुन सक्छन् केहि त मेरो
भनी मट्टीतेल अनि सलाई छोडेर
,

सम्झिएर पलपल पागल बन्नेलाई बन्न दिन्छु

सहि होस् या गलत कुरा भन्नेलाई भन्न दिन्छु
मैले लक्ष्य अनि सफलता को शिखर भेट्दा
हिड्ने बाटोमा खाडल खन्छ भने खन्न दिन्छु
,
जोड्दै न जोड्नु सम्बन्ध माया मारेर जानेसँग
छोडेर दिलको घर बसाई अन्तै सारेर जानेसँग
दुई दिन आई बाहिरी ओठको हासो देखाई नि
समधुर सम्बन्ध पनि भता भङ्ग पारेर जानेसँग

,
निस्टुरीसँग पूरा नहुने कसम खाएर के गर्नु
समय को बर्बाद पारी मन्दिर धाएर के गर्नु
उनले मान्दैन भने मैले जबर्जस्ति गर्नु किन
मैले उन लाई एकतर्फी माया लाएर के गर्नु
,
तिम्रो मेरो धर्म मिल्योस अनि जात मिलोस
नहोस् कहिले नि भेदभाव औकात मिलोस
तिमी लाई कुनै पल मायाको अभाव हुदैन
बस् माया सँग माया को सधैं बात मिलोस
,
पहिले जे जे भयो सबै भुल्न सकेछु मैले
मनको चोट सहेर पनि डुल्न सकेछु मैले
बाहिरी होस् या त भित्री मनको चोट नि
बिर्सिएर कोमल भइ फुल्न सकेछु मैले

लेखक
याम कुमार श्रेष्ठ
खोटाङ खार्मी

बिहिबार, फाल्गुण ०६, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]