जिल्लाको लम्की चुहा १० चुहामा ट्रकले मोटरसाइकल लाई ठक्कर दिदा १ जनाको घटना स्थलमै मृत्युु भएकाे छ ।
पुर्वबाट पश्चिम जादै गरेको ना ५ ख ८४०६ नम्बरको ट्रकले अस्थायी नम्बरको लु ७८ प ३९०५ को नम्बरको मोटरसाइकललाई ठक्कर दिएको छ ।
मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका वडा नंण ४ बलिया बस्ने दिनेश चौधरीको अस्पताल लिदै गर्दा लम्की लालरत्न अस्पतालमा मृत्यु भएको छ ।

घाइते हुनेमा कैलालीको जानकी गाउँपालिका वडा १ तोरयापुरमा अन्दाजी १६ वर्षीया सन्ध्या चौधरी घाइते भएको र उपचारको लागि कोहलपुर शिक्षण अस्पतालमा रेफर गरिएकाे इलाका प्रहरी लम्किले बताएको छ।
ट्रक चालक रामसिंह ठग्गुन्ना महेन्द्रनगरको रहेको बताइएको छ । ट्रक इलाका प्रहरी कार्यलय बाैनिया नियन्त्रणमा लिएकाे बताइएकाे छ।

बुधबार, फाल्गुण ०५, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]