खोटाङ /हलेसी तुवाचुङ नगरपालिका वडा नंं -८धितुङलाई उज्यालो वडा घोषणा गरिएको छ । नगरपालिकाको उज्यालो घोषणा कार्यक्रम अन्तरगत नगरको वडा नं. ८ धितुङका ६ सय घर धुरिमा विद्युत विस्तार गरी मंगलबार उज्यालो वडा घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।

गत आर्थिक वर्ष २०७६÷२०७७ बाट विनियोजित गरिएको सात लाख लागत र नेपाल विद्युत प्राधिकरणको प्राविधिक सहयोगमा विद्युत विस्तार कार्यक्रम सम्पन्न गरिएको वडा अध्यक्ष पृथ्वीराज राईले बताए । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख इवन राई, विशेषज अतिथी उपप्रमुख बिमला राईले मंगलबार संयुक्त रुपमा बखुवा भञ्ज्याङ धितुङमा रहेको ट्रान्सफर्मरको एमसिसिबी अन गरी उज्यालो वडा घोषणा गर्नु भएको हो ।

बर्षाै देखि विजुली बाल्ने धितुङ बासीहरुको सपना साकार भए सङ्गै विद्युतको माद्यम बाट घरायसी काम काज, बिद्यार्थिलाई पढ्न पाठन देखि लिएर महिलालाई बढी टेवा पुग्ने, उपप्रमुख बिमला राईले बताउनु भयो । सोलार बत्ति र टुकि बत्तिको भरमा रहेको वडाबासि बिधुत बिस्तार हुँदा हर्षित भएको छन् ।

मंगलबार, फाल्गुण ०४, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]