खोटाङ- खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा बाख्रालाई पि.पि आर खोप लगाउन सुरु गरेको छ ।

२०७७ माघ २६ गते राष्ट्रिय पि.पि आर दिवश मनाउदैँ दिप्रुङ चुईचुम्मा गाउँपालिका-१ याम्खामा बाख्रालाई खोप लगाउन सुरु गरिएको गाउँपालिकाले जनाएको छ । गत बर्ष बाख्राभेडामा देखिएको खतरानक महामारिलाई मध्ये नजर गर्दै सप्ताह सञ्चालन गरिएको कृषि शाखाकी संयोजक सर्गम बुढाथोकीले बताईन ।

उनले भनिन् “भेटेरिनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय दिक्तेल खोटाङको सह -आयोजना तथा गाउँपालिकाको आयोजनामा संचालित कार्यक्रममा गाउँपालिका भित्र १२ हजार बाख्रालाई निशुल्क पि पि आर खोप उपलब्ध छ ।

पि.पि आर दिवशको दिन देखि नेपाल सरकारले पि.पि आर सप्ताह संचालन गर्छ । गाउँपालिका भित्र प्रत्यक वडाका जनप्रतिनिधि र पशु प्राबिधिकहरुले आ आफ्नो वडाको टोल टोलमा गएर ७ दिन भित्र उक्त खोप बाख्रा पालक कृषक सङ्ग सहकार्य गरि हानि सकिने बताएको छ ।

गत साल बाख्रामा देखिएको खतरानक माहामारीको कारण दिप्रुङ चुईचुम्मा गाउँपालिका-२ डाँडागाउँ मा दिपेन्द्र श्रेष्ठबाट संचालित सुनगाभा कृषि तथा बाख्रा फमको १ बयर बोका सहित २२ वटा स्थानीय जातको बाख्रा फर्म नै रित्तो हुने गरि मरेको थियो भने पालिका भित्र झन्डै तीन सयको हाराहारीमा माहामारिको कारण बाख्रा मरेको थियो ।

मंगलबार, माघ २७, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]