खोटाङ / त्रिभूवन मा.बि ऐँसेलुखर्ककी छात्रा कविता बन अहिले उमेरको हकमा १६ बर्षको भईन । हाल उनी कक्षा १२ मा अध्ययन छिन् ।

सानै उमेरमा उनले आफ्नो दक्षता हासिल गरे पश्चात् दुई कार्यक्रम सम्पन्न गर्न लागेकी हुन् । पहिलो चरणमा ऐंसुलुखर्क गाउँपालिकाको वडा नं. ३ रैकरमा गत माघ २५ गते सामुदायिक लघु बित्तीय संस्थाको मिलनसार समूहको सदस्यहरु लगायत गाँउको २५ जना महिलाहरुलाई उनले घरेलु प्याड बनाउन सिकाइन् ।

बनले बजारमा पाइने सेनिटरी प्याड कम प्रभावकारी र बढी खर्चिलो हुने अवस्थाको अवलोकन गरी उनले तालिम कक्षा सुरु गरेकी हुन् ।

स्थानीय महिलाहरुलाई कसरी कम खर्चमै प्रभावकारी सेनिटरी प्याड बनाउन सकिन्छ भन्ने तालिम कक्षाहरु सुरु गरेकी छिन् । बजारमा पाइने सेनिटरी प्याड कम प्रभावकारी र बढी खर्चिलो हुने अवस्थाको अवलोकन गरी उनले तालिम कक्षा सुरु गरेकी हुन्् ।

उनले पुनः प्रयोग गर्न मिल्ने घरेलू प्याड कसरी उत्पादन गर्ने भन्ने ज्ञान आवश्यक तालिम स्थानीय ग्रामिण युवा विकास तथा अनुसन्धान केन्द्रबाट लिएकी थिईन । गाउँपालिकाको सहयोगमा उनी अहिले उक्त सीपका लागि अब्बल दर्जाको प्रशिक्षक नै बनेकी छिन् ।

दोश्रो चरणमा आफ्नै त्रिभूवन माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्यनरत ५० भन्दा बढि महिला सहपाठी साथिहरुलाई तालिम सम्पन्न भए सङ्गै गाउँपालिका भित्रका सबै महिला दिदी बहिनिलाई क्रमशः सिकाउदै जाने योजना रहेको बताइन् । पछिल्लो समय बन स्कुल अफ डेमोक्रेसी शाखा खोटाङको सदस्य समेत रहेकी छिन्

सोमबार, माघ २६, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]