खोटाङ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले खोटाङमा वर्तमान ओली सरकारविरुद्ध चौथाे चरणको विरोध सभा प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।
बिहीवार वडा स्तरिय बिरोध सभामा
खोटेहाङ गाउँपालिकाको वडा नम्बर–१ लिकुवापोखरी र वडा नम्बर–३ सावाकटहरेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरि एक सय बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । लिकुवापोखरीमा ४५ र सावाकटहरेमा ५५ जना गरि एक सय बढी कांग्रेसमा प्रवेश गरेका हुन् ।
के.पि ओलि सरकारले गरेको असबैधानिक कदम खारेजको माग सहित उत्रिएको बिरोध सभाको प्रमुख अतिथि नेपालि कांग्रेसका महासमिति सदस्य तथा यूवा नेता रविप्रकाश राईले नवप्रबेशीहरुलाई पार्टीको झण्डा हस्तान्तरण गरेर स्वागत गरेको सावाकटहरेका पाटी सभापति जेफर राईले बताए ।
कम्युनिस्टहरूले प्रधानमन्त्री र मन्त्री हुने तथा तलबभत्ता खाने तर, भ्रष्टाचारबाहेक अरु कुनै काम नगरेकोले कांग्रेसमा प्रवेश गर्नु परेको उनीहरुको भनाई रहेको छ ।
वडा स्तरीय बिरोध सभालाई सम्पन्न गर्न सावाकटहरेमा भरत पोखरेल (नेपालि कांग्रेस सवन्न्नय बिभाग केन्द्रिय सदस्य)
बासु तिमिल्सिना ( क्षेत्रिय सदस्य), हरी बहादुर खड्का पलिका उपसभापति, समाजसेवी मिन राज कोइराला, समाजसेवी यदु तामाङ, वडा सचिब दय सुरज राई, बिनोद बुढाथोकी, तरुणदल अध्यक्ष धिरेन राई लगायत दर्जन बढी पाटिको प्रतिनिधिको उपस्थिति रहेको खोटेहाङ गाउँपालिका वडा नम्बर -१ लिकुवापोखरिका पाटी सभापति बलिभद्र राईले बताए ।