खोटाङ- खोटाङमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान ओली सरकारविरुद्ध विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गर्न महिला प्रतिनिधि हलेसी तुवाचुङ नगरपालिकाको उपप्रमुख बिमला राईलाई जिम्मेवारी दिएको थियो । महाधिवेशन प्रतिनिधि समेत रहनु भएको राईले साकेला गाउँपालिका मा आफ्नो जिम्मेवारी पूरा गरेकी छिन् ।
सभाका प्रमुख अतिथि समेत रहनु भएको राईले प्रधानमन्त्री केपि शर्मा ओलिले चालेको कदम सहि हो भनेर हिड्दै गर्दा १७ हजार नेपालिको हत्या गर्ने प्रचण्डको कार्यकर्ताले कुनै न कुनै दिन फेरि घाईते बनाउछन् ।
शनिबार नेपाली काङ्ग्रेसकाे केन्द्रिय सर्कुलर अनुसार ७५३ वटै स्थानिय तहमा नेपालि काङ्ग्रेस र्यालि सहित विरोध सभाको आयोजना गरेको थियो । खोटाङ जिल्लाको २ नगरपालिका र ८ गाउँपालिका मध्ये साकेला गाउँपालिकामा एक मात्र महिला कमाण्ड सम्हाल्नु भएको महिला नेतृ राईले प्रधानमन्त्री के.पि ओलिबाट भएको असबैधानिक अलोकतान्त्रिक एवम् निरकुंश प्रतिनिधि सभा विघटनको विरुद्ध बोल्दै राईले त्यस्तो बताएकी हुन् ।
। कम्युनिष्ट सरकार बाटै सम्भावना देखिएको मुलक अहिले पनि हत्या हिंसाले चुर्लुम्म डुडिरहन्दा सोझा साझा जनताले पावर र कुर्सिको लडाई बाट दु:ख पाउने दिनको अन्त्य गर्न नेपाली काङ्ग्रेसले बिरोध सभाको आयोजना गरेको बताउनु भयो । सुखी र समृद्ध नेपाल बनाउने ती कसमहरु झुट साबित भईसकेका छन् प्रधानमन्त्री ओलिले चालेको ती कदम सहि हो भन्नेहरुलाई आज लाज लाग्नु पर्ने हो! नारा कुर्सिमा सिमित छन् बहुमतको सरकारबाट झेल्नु परेको पीडा गाउँका सोझा जनताले लिने झिनो आसा कार्याकाल नपुग्दै छताछुल्ल भएका छन् ।पाटिको मात्र नेताले देश सम्भावना नभई जनताको सारथि कसरी बन्ने भन्ने अब नेपाली काङ्ग्रेस बाट मात्र सम्भावना रहेको बताईन । ब्यक्ती र खल्तिको काङ्ग्रेस नवनी बिपिको बिचारमा प्रभाह भएर नेपाली काङ्ग्रेस बन्नेमा जोड दिनु पर्ने आजको आवाश्यक रहेको बताईन । यसरी अगाडि बढ्न सकियो भने पक्कै नेपाली काङ्ग्रेसले देशको बिकाश गर्छ,
र्याली सहित बिरोध सभामा ने.का गाउँकार्य समिती साकेलाका पाटी सभापति तारा कुमार खड्का, विशेष अतिथि नेपाली काङ्ग्रेस जिल्ला कार्य समिती सदस्य रमेश खड्का, नेपालि काङ्ग्रेस जिल्ला कार्य समिती सदस्य साथै ४ नम्बर वडा अध्यक्ष कृष्ण भट्टराई ,ने.का पुर्व जिल्ला कार्यसमिती सदस्य राम कुमारी राई,साकेला गाउँपालिका उपाध्यक्ष सरिता खड्का,नेपाल तरुणदलका सिजन राई,ने.बि संघ सदस्य निर्मल राई, विभिन्न वडाका पाटी सभापति लगायत नेपाली काङ्ग्रेसमा आस्थावान १५० भन्दा बढिको उपस्थिति रहेको नेपाली काङ्ग्रेस गाउँकार्य समिती सचिब युगेश गुरुङले बताए ।पाटिको चर्को नारा जुलुस सङ्गै मानेभञ्ज्याङ परिकर्मा पश्चात् कार्यक्रम सुरु भएको बताईएको छ ।
एकै साथ सम्पन्न भएको कार्यक्रममा पार्टी सचिव ज्ञानेन्द्र जोशीको अनुसार हलेसी तुवाचुङ नगरपालिकाको कोणसभालाई पार्टी सभापति नरेश कुमार श्रेष्ठ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कोणसभालाई महासमिति सदस्य दिनेश राई, रावावेशी गाउँपालिकाको कोणसभालाई पार्टी सचिव इच्छु राना र ऐसेलुखर्क गाउँपालिकाको कोणसभालाई महासमिति सदस्य रवि प्रकास राईले सम्बोधन गरेका छन् भने,
यस्तै, केपिलासगढी गाउँपालिकाको कोणसभालाई महासमिति सदस्य तथा पूर्वमन्त्री सर्वधन राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कोणसभालाई महासमिति सदस्य तथा पूर्व पार्टी सभापति विष्णुकुमार राई,
खोटेहाङ गाउँपालिकाको कोणसभालाई महाधिबेशन प्रतिनिधि बिरकाजी राई, जन्तेढुंगा गाउँपालिकाको कोणसभालाई महासमिति सदस्य सुवास कुमार पोखरेल र बराहपोखरी गाउँपालिकाको कोणसभालाई पार्टी उपसभापति धर्मराज पोखरेलले सम्बोधन गरि कार्यक्रम सम्पन्न भएको जोशिले बताए ।