Khotang Post

२ दिन अगाडि

शिक्षकले कोठामा प्रवेश गर्ने बित्तिकै भन्नुभयो: आज म तिमिहरुलाई सरप्राइज परीक्षा लिन्छु ।

शिक्षकको कुरा सुनेपछि सबै बिद्यार्थीको होस् हवास ठाउमा रहेन , सबैको मनमा चिन्ता बढ्न थाल्यो ।
कोहि किताबका पाना पल्टाउन थाले त कोहि नोट पढ्न थाले..।

यि सबै पढेर केहि काम छैन.. शिक्षकले मुस्कुराउदै भन्नुभयो । म प्रश्न पत्र तिमिहरुको डेक्स अगाडि राख्दिदै जाने’छु , ध्यान रहोस् …. जमै प्रश्न पत्रहरु बितरण गर्छु तब मैले भनेपछि मात्र प्रश्न पत्र पल्टाएर हेर्नु.. , ।

सबैजना बिद्यार्थीको अगाडि प्रश्न पत्र राख्दिए ,
ठिक’छ ल अब … तिमीहरु आआफ्नो प्रश्न पत्र हेर्न सक्छौं …, सबै बिद्यार्थीहरुले प्रश्न पत्रलाई ओल्टाइ पल्टाई हेर्न थाले …।

तर यो के हो..
कुनै प्रश्न नै थिएन प्रश्न पत्रमा , थियो त केवल एउटा सेतो कागजको पानाको बिचमा एक कालो थोप्ला 🌑 दाग

यो के हो सर..यसमा त… प्रश्न नै छैन त ,
एक बिद्यार्थीले उभिएर भन्यो ।

शिक्षक : जे छ तिम्रो नै अगाडि छ,
तिमिहरुले यसलाई मात्र ब्याख्या गर्नुपर्छ….,
तर ध्यान रहोस् ,
यसको लागि तिमीहरु सँग मात्र १० मिनेट समय छ
र तिमीहरुको समय सुरु हुन्छ…. अब भन्दै चुट्की बजाएर मुस्कुराउँदै शिक्षकले भन्नुभयो ।

कुनै विकल्प नै थिएन … ति निराश बिद्यार्थी हरुसँग
त्यसैले उनिहरु हल खोज्न थाले त्यस अजिब प्रश्नको उत्तर लेख्नलाई….,

१० मिनेट भएपछि शिक्षकले फ़ेरि चुट्की बजाउदै समय समाप्त भएको जानकारी गराउनुभयो । र उत्तर पुस्तिका संकलन गर्न सुरु गरे …,
सबै बिद्यार्थीहरु अझै पनि स्तब्ध र निराश थिए ।

शिक्षकले सबै उत्तर पुस्तिका चेक’जाँच गर्नुभयो , सबै बिद्यार्थीहरुले 🌑 कालो दाग’लाई आफ्नै तरिकाले ब्याख्या गर्ने कोशिश गरेका थिए । तर कसैले पनि त्यस कालो दाग’को वरिपरि सेतो कागजको बारेमा लेख्ने प्रयास गरेनन् ।

अब शिक्षकले गम्भीर हुँदै भन्नुभयो ,
यश परिक्षाले तिमिहरुको प्रतिउत्तर सँग, केहि लिनुदिनु छैन … न नै म यसको कुनै मार्क्स नै दिन्छु …यस परिक्षाको पछाडि मेरो एउटै उदेश्य छ ..,
म तिमीहरुलाई जिबनको एक अद्भुत सत्य भन्न चाहान्छु … ।

ल हेर्नुस् त विद्यार्थी भाइ बहिनिहरु हो … ,
यो पोस्ट ९९% सेतो छ … ,
तर तपाइँहरू मध्य कसैले पनि यसको बारेमा लेख्नु भएन र आफ्नो १००% उत्तर केवल एउटा कुरामा ध्यान लगाउनुमा लागि पर्नुभयो जुन १% सत्य हो ।

यो कुरा हाम्रो जिबनमा पनि यस्तै देख्न सकिन्छ ,
साथिहरु हाम्रो जिबनको एक सानो हिस्सा हुने गर्छ । तर हामी उनीहरुको लागि पुरै ध्यान यसैमा लगाई दिन्छौ ।

कोहि दिनरात आफ्नो अनुहार’लाई लिएर निराश भैरहन्छन भने , कोही आफ्नो करियर लाई लिएर चिन्तामा डुबिरहन्छन त कोहि पैसाको लागि रुँई रहन्छन्…. ,

कसैले अरुको सानो गल्तिलाई मनमा राखी राख्छन्….,

के हामी आफ्नो उपलब्धिमा खुशी हुन सक्दैनौं…,

हामी किन आफ्नो प्यारो परिवार प्रति कृतज्ञ नहुने…,

हामी किन जिवनमा ति ९९% कुरामा ध्यान दिदैनौं जसले हाम्रो जिवनलाई साचै नै राम्रो बनाउछ ।

हामी किन आफ्ना साथी र आफन्तको गल्तिलाई बेवास्ता गरेर सम्बन्ध टुक्रनबाट जोगाउदैनौं ।….

शिक्षकले दिनुभएको, यस शिक्षालाई सुनेर सबै बिद्यार्थी हरुको ओंठमा मुस्कान र मन प्रफुल्ल थियो ।

त्यसैले साथिहरु … आउनुहोस् आजदेखि हामी हाम्रो जिवनको समस्या हरुलाई गम्भिरतापुर्वक लिन बन्द गरौं ।
साथिभाइ आफन्तको गल्ती बिर्सिएर जिन्दगिका साना-साना खुशिहरुमा रमाउन सिकौं अनिमात्र जिन्दगी साच्चिकै जिउन सकिन्छ ।।

********
लेखक : सन्तोष कर्की

तस्बिर – सामाजिक संजाल

बुधबार, पौष २९, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]