को बिरामी छैन र
राष्ट्रियताको भजन गाउनेहरु
बिरामी छन
गरिव सर्वहारा मजदुरका
नारा दिनेहरु
बिरामी छन
सिंहदरबार अगाडी देश चलाउन
लाइन बसेका बादरका बथानहरु
बिरामी छन
मज्जित मन्दिर चैत्य
र गुम्बाहरुमा
एक छाक भोको बसि
प्राथना गर्ने नारदहरु
बिरामी छन
अनि भन त यहाँ कसरी
धार्मिक सहिष्णुता छ
मन्दिरका पुजारीहरु
बिरामी छन
कसरी सुरक्षित रहुन
नागरिकहरु
न्याय नपाउदा पीडित
अदालत धाउछ
मेरो देशका न्यायलयहरु
पुलिस प्रशासनहरु
बिरामी छन
यति मात्र
कहाँ होर महोदय
स्वयंम औषधी बनाउने
डाक्टर र वैधहरु
बिरामी छन
अनि यो देश
कसरी निरोगी बन्छ
दवाइ वितरण गर्ने
चिकित्सालयहरु
बिरामी छन।।

दिर्घ बहादुर शाही”कवि”को कविता,
को बिरामी छैन र?

बुधबार, पौष ०८, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]