भन्छन् एकदिन तँलाई छाडेर जान्छु….तर एकदिन पनि हामी बिना एक्लै बस्न सक्दैनन् …।
“साचै नै श्रीमान झुट बोल्छन्…”..
“दिनभरि फोनमा झुन्डिरहन्छे , भन्दै भन्छन् क्यामेरा बिनाको Nokia 1200 ल्याइदिन्छु भन्दै … आफै स्मार्ट फ़ोन बोकेर ल्याइदिन्छ्न ….।”
“साचै नै श्रीमान एक नम्बरको झुट हुन्छन् …”…
“तरकारीमा बढी नुन लाग्दा भन्छन् .. भरै अफिसबाट फर्किदा होटलबाटै खाएर आउछु … तर सबै श्रीमतीको गल्ती बिर्सिएर घरकै खाना खान टुप्लुक्क आइपुग्छ्न ….।”
“साचै नै श्रीमान झुट हुन्छन् ….”…
“हामी आफ्नो इच्छा र बाध्यता मा खर्च गर्छौं , जबसम्म श्रीमतीको इच्छा पूरा हुदैनन् तबसम्म आफू पनि शान्तिसँग बस्न सक्दैनन् ….।”
“साचै नै श्रीमान झुट हुन्छन् …”….
“आफ्नो गल्तिमा पनि हामिलाई झुकाउछन , तर रुन्छ उसको मन जब हामिलाई आँसु आउँछ ….।”
“साचै नै श्रीमान झुट हुन्छन् …”…
“अफिसमा कोहि सुन्दर भएर उहाँलाई लोभ्याउने कोशिश गर्छन् , तर पनि उहाको मनमा हामिनै हुन्छौं…
अफिसमा साथिहरुले जित्नखोज्छन , कठोर हुन्छन् , तिनिहरुले पाइलैपिच्छे खेदो गर्छन् .. तर मनमा बाच्छन उनै श्रीमतीको लागि हमेसा हार्ने गर्छन्…।”
“जवानिमा १/२ वटा बच्चा जन्मिदैमा श्रीमतिलाई बुढी भैस भनी चिड्याउछन् , अनि बृद्धअबश्थामा उनै श्रीमतिलाई सबैभन्दा सुन्दर छौ भनी मख्ख पार्छन् …. ।”
जे भन्नुहोस् साथिहरु…
यो जुन श्रीमान हुन्छन् नि, एक नम्बरको झुटो हुन्छन् ।।”
********
लेखक : सन्तोष कार्की