एक मनुष्यले नारदमुनिलाई भन्यो: मेरो भाग्यमा कति धन छ?
नारादमुनिले भने: भगवान बिष्णु लाई सोधेर भोलि भन्छु।
नारदमुनिले भने: दिनहु १ रुपैयाँ तिम्रो भाग्यमा छ…
मानिस धेरै नै खुशी भयो , उसको दैनिकी जरुरत १ रुपैयामा पूरा हुने गर्थ्यो । …
एकदिन उस मानिसको साथिले भन्यो: तिम्रो खुशियाली जिबनशैली देखेर धेरै नै प्रभावित भएको छु। र मेरो आफ्नो बहिनिको बिबाह तिमिसँग गराउन चाहन्छु….
मानिसले भन्यो : मेरो कमाइ दिनको सृफ १ रुपैयाँ हुन्छ , यो भन्दा बढी हुँदैन … यही १ रुपैयामा गुजारा गर्नुपर्ने हुन्छ तिम्रो बहिनिले…।
उस मित्रले भन्यो: केही छैन , मलाई सम्बन्ध मन्जुर छ , भोलिपल्ट देखि उस मानिसको कमाई ११ रुपैयाँ भयो…। उसले नारदमुनिलाई बोलायो र भन्यो: मुनिवर मेरो भाग्यमा १ रुपैया लेखेको छ । फ़ेरि ११ रुपैया कसरी बढी पाई रहेको छु ??
नारदमुनिले भने: तिम्रो कसैसँग सम्बन्ध या बरमाला भएको छ ?
मानिस: हजुर भएको छ …..
त्यसोभए यो १० रुपैयाँ उन दुलहिको भाग्यबाट पाई रहेका छौँ। उस पैसालाई जोड्न सुरुगर .. तिम्रो बिबाहमा काम लाग्छ …
एकदिन उसको श्रीमती गर्भवती भइन , र उस मानिसको कमाई ३१ रुपैयाँ हुन थाल्यो ….
फ़ेरि उस मानिसले नारदमुनी लाई बोलायो र भन्यो: हे , मुनिवर मेरो र मेरो श्रीमतिको भाग्यको ११ रुपैयाँ पाई रहेका थियौं , तर अहिले ३१ रुपैयाँ किन बढी … काहिँ मैले केहि अपराध त गरिरहेको छैन?
मुनिवरले भने: यो तिम्रो बच्चाको भाग्यको २० रुपैयाँ पाई रहेका छौँ …।
प्रत्येक मानिसहरूले उसको प्रारम्भ भाग्य पाइरहेको हुन्छ। कसको भाग्यबाट घरमा धन दौलत आउने गर्छ हामिलाई थाहानै हुँदैन । तर मानिस अहंकार गर्छ कि मैले बनाएको हुँ, मैले कमाएको हुँ , मैले कमाई रहेको छु । मेरो कारणले नै घर व्यबहार चलिरहेको छ ।। forwarded post.
********
लेखक _ सन्तोष कार्की