उदयपुर– लिम्चुङबुङ गाउँपालिका वडा नं १ बाँस्बोटेमा भएको भलिबल खेलमा पुरुष तर्फ डुम्रेका खेलाडीले थुम्काका खेलाडीलाई पराजित गर्दै प्रथम स्थान हासिल गर्न सफल भएका छन् । २०७७ सालको वडा दशैको अवसरमा बाँस्बोटे युवा खेलकुद समितिको आयोजनामा भएको खेलमा प्रथम स्थान हासिल गर्न सफल भएका हुन् ।
पुरुष तर्फ १४ टिमको सहभागिता रहेको थियो । जस मध्ये दोस्रो, तेस्रो र चौथो स्थानमा भने क्रमश थुम्का, कुनाही र खोर्सानेका खेलाडीले स्थान लिन सफल भए । विजेताहरुले क्रमशः नगद रु ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको बाँस्बोटे खेलकुद समितिका अध्यक्ष ललिभुमप्रसाद राई (दिपक)ले जानकारी दिनुभयो ।
यस्तै महिला तर्फको खेलमा ५ टिमले सहभागिता जनाएका थिए । प्रथम स्थानमा भने थुम्काका खेलाडीले पहिलो स्थान लिन सफल भएका छन । यता दोस्रो,तेस्रो र चौथोेमा खोर्साने, बुत्कु र बाँस्बोटेका खेलाडीले स्थान लिए । विजेताहरुले क्रमशः नगद रु ३ हजार, २ हजार, १५ सय र १ हजार रुपैयाँ प्राप्त गरेको छ । भलिबल खेल कार्तिक ७ गते देखि ९ गते सम्म भएको थियो ।

आइतबार, कार्तिक ०९, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]