Khotang Post

१२ महिना अगाडि

आज बिहान-बिहानै फ़ेरि माइत बाट काकाको फ़ोन आयो … दुर्गा… तिम्रो बुबा बिरामी हुनुहुन्छ …
खबर सुन्ने बित्तिकै दुर्गाको दिमागले काम नै गरिरहेको थिएन । ससुरा .. ज्यु ले देखिरहेका थिए कि बुहारी दुर्गा काममा ढिलाचुस्ती गर्दै , बिहान् देखि निराश पनि थिइन । अनुहारमा सधैंको जस्तो आज हसिलो चमक पनि थिएन…

आखिर जब चिया लिएर सासु-ससुराको अगाडि दुर्गा गइन , तब ससुराले सोधे, बिहान देखि उदास हुनुको कारण..

के भयो दुर्गा… आज छोरा सँग मनमुटाव भयो कि क्याहो..

दुर्गा हातमा प्लेट लिएर उभिइ रहेकी थिइ , ससुराको प्रश्नलाई आफैमा रोक्न पनि सकिन र भनी: बुबा …. माइतीघर बाट काकाको फ़ोन आको थियो.. भनिरहेका थिए कि बुबा बिरामी हुनुहुन्छ । पहिला त ममि हुनुहुन्थ्यो … जब ममिको स्वर्गवास भयो त्यसपछि एक्लै…भन्दै दुर्गा नि:शब्द भइन.. दुर्गाको मुखबाट कुनै शब्द निस्किरहेको थिएन । …

बुहारी दुर्गाको कुरा सुनेपछि ससुराले सोध्न थाले: त्यसोभए के सोची रहेकी छौँ त … आफ्नो बुबाको बारेमा … यस्तो परिस्थितिमा अब बुबा त्यहा बस्नलाई राम्रो हुँदैन । ….

दुर्गा आफ्नो आमा-बुबाको तीन छोरी मध्य माइली छोरी कमल जि को छोरा सन्तोष सँग बिबाह भएको थियो….

दुर्गा: के गरुँ बुबा म …

ससुरा बुबा – जाउ बुबालाई यहाँ आफ्नो साथमा लिएर आऊ…यहाँ तिम्रो अगाडि हुनुभयो भने तिमिलाई रेखदेख गर्न पनि सजिलो हुन्छ ।

ससुरा बुबाको कुरा सुनेपछि दुर्गा भन्न लागि … हुन्छ पहिला जेठी दिदी र सानी बहिनी सँग कुरा गर्छु…

उनको कुरा सुनेर ससुराले भने: यसमा के कुरा गरि राख्नुपर्छ … तिमी एक्लि सन्तान भएकी भए तिम्रो जिम्मेवारी हुन्थ्यो नि.. सम्झेउ आज पनि तिमी एक्लि सन्तान छौँ … भोलि नै सन्तोष सँग गएर लिएर आउनु आफ्नो बुबालाई …

ससुराको कुरा सुनेर दुर्गाले भनिन: बेलुका सन्तोष आउने बित्तिकै कुरा गर्छु…

बुहारिको जवाफमा असन्तुष्ट ससुरा बुबाले भने: त्यो सँग के सोध्नु… मलाई राख्ने समय तिमिसँग कुरा गरेको थियो र उसले…

के कुरा गर्नुभएको बुबा …( यो घर त हजुरको हो…. ।)

ससुरा: ठिक छ … तर बुहारी यो घरमा तिम्रो त्यतिनै अधिकार छ जति सन्तोषको छ … उसको बुबा उसको जिम्मेवारी हो भने… तिम्रो आमाबुबा तिम्रो…

उहाँको लागि निर्णय तिमी गर ,
उहाँलाई आफै सँग राख्ने पुरै अधिकार ले … र उहाँ बस्ने ब्यबस्था म सँग मेरो कोठामा गर्देऊ .. दुई सम्धी-सम्धी साथमा नै बस्छौं । कुराकानी साथमा खानपिन बाट छिटै तिम्रो बुबाको स्वास्थ्य सुधार हुनेछ …। र छोरी कसैसँग सोध्न आवश्यकता छैन यो घर हामी सबैको हो मेरो , सन्तोष को, तिम्रो, तिम्रो बुबाको पनि…

ससुराको सहयोगी शब्दले सबै दुबिधाहरु मनबाट हटाइदियो अब निर्णय गर्न उनलाई धेरै सजिलो भएको थियो ।।

********
लेखक : सन्तोष कार्की

बुधबार, आश्विन २८, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]