केहि मान्छेहरू २२ बर्षको उमेरमा पढाइ पूरा गर्छन् तर धेरै बर्ष सम्म राम्रो जागिर पाउदैनन् ।..
केहि मान्छेहरू २५ बर्षको उमेरमा कुनै कम्पनीको CEO बन्छन् र ५० बर्षको उमेरमा हामिले थाहा पाउछौ कि अब उ यस संसारमा छैन ।…
जब कि कोहि मान्छेहरू ५० बर्षको उमेरमा CEO बन्छन् र ९० बर्षसम्म खुशी रहन्छन् ।…
धेरै राम्रो काम हुँदा पनि कोहि अबिबाहित छन् , त कोहि रोजगार बिना नै बिबाहित छन् , र रोजगार दाता भन्दा बढी खुशी छन् ।…
बाराक ओबामा ले ५५ बर्षको उमेरमा सन्यास लिए.. जब कि ट्रम्प ७० बर्षको उमेरमा सुरुवात गर्छन् ।…
केहि मान्छेहरू परिक्षामा फ़ेल हुँदा पनि मुस्कुराउछन् त कोहि एक नम्बर कम आउँदा पनि रुन्छन ।..
कसैले प्रयास नै नगरी धेरै सम्पत्ति पाए, त कसैले जिन्दगीभर कुरकुच्चा घिसारी रहेका छन् ।..
यस संसारमा प्रत्येक ब्यक्तिले आफ्नो समय क्षेत्रको आधारमा काम गरिरहेका छन् ।…
स्पष्ट रुपमा हामिलाई लाग्छ कि, केही ब्यक्तिहरु हामिभन्दा धेरै अगाडि गइसकेका छन् ,
र सायद यस्तो पनि लाग्छ कि, कोहि अझैपनी हाम्रो पछाडि छन्।
तर हरेक मान्छे आफ्नो ठाउँमा आफ्नो समय अनुसार सहि हुन्छन्…।
आफ्नो तुलना कसैसँग पनि नगर्नुहोस् ।…
ईश्वर ले हामी सबैलाई आफ्नो अनुसार डिजाइन गर्नुभएको छ।उहाँलाई थाहा छ कि , कसले कति बोझ सहन सक्छ र कसलाई कुन समय दिनुपर्छ ।
आफुले बनाउने आफैलाइ हो,
न अरुले बनाउन सक्छ्न न अरुलाइ बनाउन सकिन्छ ।।
********
लेखक : सन्तोष कार्की
बिहिबार, आश्विन २२, २०७७मा प्रकाशित गरिएको