१४ दिनको बसाई पछि सन्तोष आफ्नो कोरोना नेगेटिभ रिपोर्ट हातमा लिएर कोभिड अस्पतालको रिसेप्शनमा उभिइ रहेको थियो । …
वरपर केही ब्यक्तिहरु ताली बजाउदै थिए .. र उसलाई बधाई दिई रहेका थिए ।
एउटा लडाइ त उसले जितेर आएको थियो तर सन्तोष को अनुहारमा निराश पनको गहिरो छाया थियो ।…

घर फर्किने क्रममा बाटोभरी गाडिमा उसलाई याद आइरहेको थियो । आइसोलेशन … नामक एक खतरनाक ठाउँको … एक उज्यालो बिहिन न्यूनतम सुबिधाहरु भएको एउटा सानो कोठा।…

मनोरञ्जन’को कुनै पनि साधन उपलब्ध नभएको …
यो सबै थियो त्यहाँ जहाँ उ आइसोलेशमा बसेको थियो ।

कोहि कुरा पनि गर्दैनन् थिए, न नै नजिक आउने गर्थे , खाना पनि सबै आइटम प्लेटमा भरेर आफू बसेको कोठामा आइ हुत्याइ दिन्थे । कसरी बित्यो त्यो कष्टकर १४ दिन उसैलाई मात्र थाहा थियो। ..

बस.. मनमा केहि ठोस सोच, अनि उसको अनुहारमा सन्तुष्टि ले भरिएको थियो ।

घर पुग्ने बित्तिकै स्वागतको लागि उभिएकी उत्साहित श्रीमती छोराछोरिलाई वास्ता नगरी सन्तोष सिधै घरको कुनाको कोठामा पुग्यो …. जहाँ उसको बृद्ध आमा बस्ने गर्थिन। आमाको खुट्टा पक्डिएर उ खुब रुन थाल्यो…. र उनलाई लिएर बाहिर दल्यानमा आयो र खाटमा आमालाई बसाल्यो । बुबाको मृत्यु पश्चात ३ बर्ष अगाडि देखिको एक्लोपन आजभोलिको भाषामा भन्नुपर्दा आइसोलेशन भोगी रहेकी थिइन् आमाले । …

श्रीमतिले यस्तो देखेपछि छक्क पर्दै भनिन: यो के गर्दै हुनुहुन्छ तपाईं … थाहा छैन हाम्रो status बिपरित सेतो कपडामा ….न बोल्नेको सोमत छ, न त खाने पिउनेको ढंग नै छ … उनलाई फर्काएर उनैको कोठामा छाडेर आउनुहोस् ।…

सन्तोष ले भन्यो: आजबाट आमा हामी सबैको साथ हामी बिच बस्नुहुन्छ । आज मलाई थाहा भयो कि एक्लोपन के हो भनेर … जब बोल्ने र हाँस्ने खाने समय , कोहि हाम्रो नजिक हुँदैनन् । आइसोलेशन… यश बिरामिले त मलाई १४ दिनको एकान्तबास दियो र म यो १४ दिनहरुमा कसरी बसे… कसरी बाँचे … उफ.. धेरै भयानक हुन्छ … आफ्नो मान्छे बिना बाच्न गार्‍हो छ ।…

मेरो त बाध्यता थियो आइसोलेशनमा बस्ने… तर आमा … उनलाई के कुराको सजाय दिई रहेका छौ हामी छोरा बुहारिले …।

सिर्फ यही कुराले कि आमा हामिले जसरी चिप्लो घसेर पश्चिमी भाषा इङलिस मिसाएर बोल्न जान्नुहुन्न ।
हामी जसरी देखावटी समाजको मान्छेहरुको बिचमा चम्चा काँटाले खान पिउन जान्नुहुन्न । उठ्न बस्न राम्रोसँग सक्नुहुन्न , यसैको लागि …. ।
तर हामी छोराछोरिले अक्सर बिर्सने गर्छौ , जो हामिले आज आफ्नो बृद्धअबश्थाका आमा’बुबाको साथ गरि रहेका छौँ । यो सबै हाम्रो छोराछोरिले पनि त हामिले हाम्रो आमा-बुबालाई गरेको व्यबहार देखिरहेका हुन्छन् । छोराछोरिले भोलि यहीँ व्यबहार हामी माथी पनि गर्नेछन्… ।
किनकि छोराछोरिले आफ्ना अग्रजहरुबाट नै त पाठ सिक्ने गर्छन्…। आजबाट हामी सबैजना एकसाथ एकै ठाउँमा बस्छौं।

💮 आमाको आँखाबाट आँसु खस्यो , उनलाई लाग्यो कि छोराको negative report ले आमाको जिन्दगिको positive report को बाटो खुल्यो । ❣️

आफ्नो बृद्ध आमाबुबाको इज्जत गर्नुहोस् किनकि तपाईं पनि जहिले जवान रहनुहुन्न ।। 🙏

********

साथिहरु आजको “बृद्ध आमाबुबा” संबंधित पोस्ट कस्तो लाग्यो…
लेखक : सन्तोष कार्की

मंगलबार, आश्विन २०, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]