Khotang Post

१२ महिना अगाडि

Dear श्रीमान
म तपाइँलाई मेरो लागि जुनतारा टिपेर ल्याइदिनु भन्दिन ,
तर जब बाहिरबाट घर आउनुहुन्छ, साथमा एक मुस्कान लिएर आउनुहोस्… ।

म भन्दिन, कि सबैभन्दा बढी माया मलाई नै गर्नुहोस् ,
तर एक नजर मायाले त हेर्नुहोस …।

म भन्दिन , कि बाहिर खुवाउन लिएर जानुहोस् ,
तर एकपटक साथमा सँगै बसेर त खाने गर्नुहोस् … ।

भन्दिन कि मलाई काम गर्नमा सघाउनुहोस् ,
तर कति काम गर्छु, हेर्ने त गर्नुहोस् … ।

भन्दिन म मेरो हात पक्डिएर हिड्नुहोस् ,
तर कहिले दुई कदम साथ त हिड्ने गर्नुहोस् … ।

यसरी नै बित्नेभयो जिन्दगिको यात्रा भाग्दा भाग्दै ,
एकछिन थकाई मार्न त बस्ने गर्नुहोस् … ।

भन्दिन कि मलाई अनेकौ नामले बोलाउनुहोस् ,
एक पटक फुर्सदमा “सुन”… मात्र भएपनि त भन्ने गर्नुहोस् … ।

भन्दिन तपाइँलाई जुन-तारा टिपेर ल्याइदिनुस ,
तर जब घर आउनुहुन्छ , एक मुस्कान साथमा ल्याउने गर्नुहोस् …।।

👉️ आखिर श्रीमानको लागि श्रीमती किन आवश्यक छ?

💮( बिश्वास गर्नुहोस् या नगर्नुहोस् )💮

१, जब तपाईं दुखी हुनुहुन्छ ,
त्यसबेला उनले तपाइँलाई कहिल्यै एक्लो छाड्ने छैनन् ।…

२, हरेक समय, हरेक दिन ,
तपाइँलाई तपाईं भित्रको खराब बानी छोड्नको लागि भन्नेछिन।….

३, हरेक सानो-सानो कुरामा तपाईं सँग झगडा गर्छिन ,
तरपनी धेरै समयसम्म रिसाएर बस्दिनन ।…

४, तपाइँलाई आर्थिक मजबुत बनाउछिन ।….

५, जिबनमा केहिपनी राम्रो चलिराको छैन , तर पनि तपाइँलाई यही भन्छिन , चिन्ता नगर्नुस् सब ठिक हुन्छ ।…

६, तपाइँलाई समयको महत्त्व बुझाउने छिन ।…

७, के गर्दै हुनुहुन्छ भनेर जान्नको लागि दिनमा १५ पटक फ़ोन गरेर हालखबर सोध्छिन । कहिलेकाही तपाईं रिसाउनुहुन्छ , तर सत्य यो हो कि तपाईं केहि गर्न सक्नुहुन्न । …

८, किनकि श्रीमती ईश्वरको विशेष उपहार हो ,
त्यसैले यसको उपयोगिता जान्नुहोस र उनको ख्याल राख्नुहोस।….

९, यो सन्देश हरेक बिबाहित पुरुषको मोबाइलमा हुनुपर्छ ,
ताकि उनिहरुलाई आफ्नो श्रीमतीको महत्त्व थाहा होस् ।..

१०, अन्तमा हामी श्रीमान श्रीमती नै हुनेछौं ।…

११, भलै रिसाउने झगडा गर्ने गरौं ,
एक दोस्रोमा मन टुक्रीयोस , एक आपसमा दादागिरी गर्नको लागि अन्त्यमा हामी दुई नै हुनेछौं ।…

१२, जे भन्न मन लाग्छ त्यो भन , जे मन लाग्छ त्यो गर , एक दोस्रोको लागि चस्मा र दाउरा खोज्नको लागि अन्त्यमा हामी दुई हुनेछौँ ।…

१३, यदि म रिसाए भने , तिमी मलाई फ़काउनु ,
तिमि रिसाउछौ भने म फ़काउछु , एक अर्कामा परिपुरक हुन अन्त्यमा हामी दुई नै हुनेछौं ।…

१४, जब आँखा धमिलो हुन्छ , जब स्मरणशक्ति कमजोर हुनेछ, त्यसपछि एक अर्कालाई खोज्नको लागि अन्त्यमा हामी दुई नै हुनेछौं ।…

१५, जब घुँडा दुख्न थाल्छ ,
कम्मर पनि झुक्न छाड्छ , अनि एक अर्काको खुट्टाको नङ काट्नको लागि अन्त्यमा हामी दुई नै हुनेछौं ।…

१६, हे, मलाई केही भएको छैन,
बिल्कुलै स्वास्थ्य छु , यस्तै भन्दै एक दोस्रो लाई भ्रममा पार्नको लागि अन्त्यमा हामी दुई नै हुन्छौं ।…

१७, जब साथ छुट्छ ,
बिदाइको समय जब आउँछ , तब एक दोस्रो लाई माफ गर्नको लागि अन्त्यमा हामी दुई नै हुनेछौं ।।

********
लेखक – सन्तोष कार्की

सोमबार, आश्विन १९, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]