Khotang Post

१ वर्ष अगाडि

जिबनको बास्तबिक परिचय
—*—
सन्तोष कार्की /
बिबाह गरेको केहि बर्ष पछि श्रीमती लाई बिचार आयो कि यदि उनी आफ्नो श्रीमान लाई छाडेर अन्तै गएपछि श्रीमानले कस्तो महसुस गर्लान् ।

यो बिचार उनले कागजमा लेखिन: “अब म तपाईंको साथमा यो भन्दा बढी बस्न सक्दिन , म तपाईं बाट दिक्क भैसकेको छु आज घर छाडेर सदाको लागि गएँ तपाईंको जिबनबाट ।”

त्यस कागजलाई उनले टेबलमा राखिन र जब श्रीमान घरमा प्रवेश गरे श्रीमानको प्रतिक्रिया हेर्नको लागि उनी बेड मुनि लुकिन ।…

श्रीमान कोठामा आए .. र उसले टेबलमा राखेको कागज पढ्न थाल्यो । …. केहि समयको मौनता पछि उसले त्यस कागजमा केहि लेखे… । त्यसपछि उ खुशी हुँदै सुइसालो बजान थाल्यो, गित गाउन थाल्यो , नाच्न थाल्यो र कपडा चेन्ज गर्न थाल्यो । कपडा फ़ेरिसकेपछि आफ्नो मोबाइल बाट कसैलाई फ़ोन लगाएर भन्यो: “आजबाट म स्वतन्त्र भएँ ” सायद मेरो मूर्ख श्रीमती लाई आभास भयो कि उ मेरो लायककी छैन भनेर । आज उ घर छाडेर सदाका लागि गइ…. त्यसैले आज म खुशी छु ।

तिमिलाई भेट्नको लागि म आउँदै छु , कपडा चेन्ज गरेर .. तिमी तयार भएर आफ्नो घर अगाडिको चोकमा बस । अहिले नै म यहाँबाट हिडे तिमी आइहाल । …

श्रीमान घरबाट बाहिर निस्के, आँखाभरि आँसु पारेर श्रीमती खाट मुनिबाट निस्किइन । र काप्दै गरेको हातले कागजमा लेखिएको लाइन पढ्न थालिन , जसमा लेखिएको थियो ; खाट मुनिबाट खुट्टा देखिइ रहेको छ । बाहिर चोकबाट पाउरोटी ब्रेड किनेर ल्याउछु तिमी दुध हालेर मीठो चिया बनाउ .. मेरो जिन्दगीमा खुशी सिर्फ तिम्रो बाहानाले गर्दा हुन्छ र आधी तिमिलाई तड्पाएर हुन्छ भने , आधी तिमिलाई नचाएर हुन्छ मेरो नट्खटी श्रीमती ज्यु ।।

********

साथिहरु आजको पोस्ट कस्तो लाग्यो…
मेरो पूरा पोस्ट पढिदिनु भएकोमा धन्यवाद । तपाइँलाई यस्तो खाले लेखहरु पढ्न मन लाग्छभने मलाई friend request पठाउनुहोस् अथवा सिर्फ follow मात्र पनि गर्न सक्नुहुन्छ ।

म सधै तपाईंको मन छुने केहि न केही लेखहरु लिएर आउने कोशिश गर्ने छु। जसले तपाईंको मन छुन सकोस् , हृदय देखि नै धन्यवाद ।।

बिहिबार, भाद्र २५, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]