खोटाङ / खोटाङको जन्तेढुङ्गा गाउपालिका – ६ दिप्लुङमा नेकपा पार्टी परित्याग गरि १४ जना नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन्।

जन्तेढुङ्गा गाउपालिका वडा नं ६ वडा कार्य समिति दिप्लुङ्गको आयोजनामा बिहिवार भएको एक कार्यक्रमको बिच नेकपाका युवा नेता तथा कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रबेश गरेका हुन् ।

नव प्रवेशीहरु : क्रमश मिलन राई, प्रकाश राई, जीवन राई, सन्जिप राई, पर्शुराम राई, भुमिराज राई, जेमन राई, बाबुराम मगर, कालिदास परियार, प्रबिन राई, किशोर राई, जित बहादुर राई, एजु राई, पर्शुराम राई नेकपा पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गरेका हुन् ,उनिहरुलाई नेपाली काँग्रेस खोटाङका महासमिति सदस्य राईले अबिर टीका लगाएर नेपाली काँग्रेस पार्टीमा स्वागत गर्दै राईले युवाहरुको हरेक दुःख सुखमा नेपाली काँग्रेसले साथ दिने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

उनले कम्युनिस्ट सरकारले युवाहरुको बारेमा वेलैमा सोच्न आग्रह गरे। कोरोना भाइरस महामारीमा विभिन्न काण्ड र पार्टि विवादमा रहेको नेकपाको असक्षम सरकारले युवाहरुले ठुलै आश गर्न नसक्ने अवस्था रहेको महासमिति सदस्य एवं युवा नेता रबि प्रकाश राईले बताए ।

खोटाङ नेका महासमिति सदस्य रवि प्रकाश राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा महाधिवेसन प्रतिनिधि राम कुमार श्रेष्ठ, जिल्ला कोषाध्यक्ष जिबन कुमार राई, नेपाली काँग्रेस खोटाङ क्षेत्र नम्बर दुई क्षेत्रीय सभापति तिर्थराज भट्टराई, नेपाली काँग्रेस खोटाङका जिल्ला सदस्य कर्ण बि.क, खेम खड्का, देवराज बस्नेत नेपाली काँग्रेस खोटाङको क्षेत्र नम्बर दुईका क्षेत्रीय सचिव तारा मान राईको विशेष अतिथि रहेको वडा सभापति दिलिप राईले जानकारी दिनुभयो ।

त्यसैगरी जन्तेढुङ्गा ५ चिसापानीमा पनि नेकपा खोटाङ जिल्ला कमिटी सदस्य टंक बहादुर मोक्तान, जन्तेढुङ्गा ५, साबिक चिसापानी ६, बाट साङ बहादुर तामाङ , गजेन्द्र तामाङ, र सङ्गम बस्नेत, नेकपा पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस जन्तेढुङ्गाका कार्यसमिति सचिब मोहन राईले बताउनुभयो ।

शुक्रबार, भाद्र १२, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]