खोटाङ/ हिन्दु नारिको महान चाड मानिने हरितालिका तिज नजिकिदै गर्दा वरिष्ठ समाजसेवी ईशा गुरुङले यो बर्षको फजुल तिज खर्च खोटाङको पहिरो पिडितलाई घर बनाउने अभियानमा सहयोग गरेकी छिन् ।

खोटाङ जिल्ला साकेला गाउपालिका-१ बाझे च्यानडाडाका मानबहादुर खत्रीको गत असार ३२ गते भीषण बर्षातको कारण घर भत्किए पछि घर बिहिन बन्नु भएको परिवारको लागि बीस हजार रुपैयाँ आर्थिक सहयोग गरेकी हुन् । सो रकम एकाउन्टमा जम्मा भइसकेको अभियान्ता थिरेन्द्र भट्टराईले बताउनु भयो ।
आर्थिक स्थिति नाजुक, परिवारमा जेष्ठ श्रीमान श्रीमति मात्र भएको र छोराछोरी नभएकोले घर बनाउन उनिहरुमा समस्या भए पछि गाउले साथै अन्य शुभेच्छुक बाट आर्थिक रकम जुटाउन थालिएको छ । आर्थिक रकम जुटाएर बस्नको लागि आवश बनाईदिने पहल भइरहेको र हाल सम्म एक लाख पचास हजार जम्मा भएको बाकी जम्मा हुने क्रम जारी रहेको भट्टराईको भनाईरहेको छ । घर बनाउन आवाश्यक रकम यतिले नपुग्ने भए पछि सहयोग गरिदिन पिडित परिवार पक्षले गुहारिरहेको छन् ।

हाल यु.के मा बस्दै आउनु भएको समाजसेवी गुरुङले गत साल पनि तिजको अबसर पारेर अभियान द्वारा खोटाङको केपिलाशगढी गाउपालिका -४ खोटाङका अगेनामा परि हात र निधार जलेर घाइते भएका शिशु प्रबिन राईको लागि दुई लाख पचासी हजार रुपैयाँ हस्तान्तरण गर्नु भएको थियो । यो बर्ष पनि तिजको अबसरमा कसैको मलम पट्टी बनिरहनु हुँदा धेरै अभियान्ता र पिडितलाई ठूलो राहत महसुस भएको छ ।

हरेक महिला आ आफ्नो तरिकाले तिज मनाउने गदर्छन् पछिल्लो समय हेर्ने हो भने तिजलाई निकै खर्चिलो र भड्किलो रुपमा लिएको हामिले समाजमा देख्न सकिन्छ ।
देशको विषम परिस्थिति सङ्ग रहिरहदा पनि धेरै जसो नारी पहिलाको जस्तो भिडभाड नगरी भए पनि यो पालिको तिज मनाएरै छोड्ने योजना बटुलिरहेका छन् ।

सोमबार, साउन २६, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]