खोटाङ / पहिचान सहितको संघीयता र स्वायत्तताका लागि संविधान संशोधनकाे आन्दोलन हाम्रो साझा बहस ! स्वनिर्णित विकास तथा महामारीमा बाँच्ने र बचाउने पक्षमा २६औँ विश्व आदिवासी दिवश यही आउदो अगष्ट ७ तारिख मनाउने तयारी गरिएको आदिवासी जनजाती महासंघ कुवेतले जनाएको छ ।

विश्वभरका आदिवासी जनजाती एक हौ, आजको आवश्यकता भनेको हाम्रो एकता र हाम्रो एकता भनेको हाम्रो सहभागीता अनी आफ्नो धर्म, लिपी, भेषभुषा, कला र संस्कृतिलाई सम्मान गरियोस् भन्ने मागका साथ विश्वभरका आदिवासीहरुले आदिवासी दिवस भब्य रुपले मनाउदै आएको संघले २६ अौ दिवश प्रमुख अतिथी, केन्द्रिय उपाध्यक्ष तथा विदेश बिभाग प्रमुख,श्री गोबिन्द छ्न्त्याल ज्यू को साथ जुम भर्चुअल भिडियो कन्फरेन्स द्वारा मनाउन लागिएको जनजाति महासंघ कुवेतका महासचिव मन्जित चाम्लिङ राईले जानकारी दिए ।

बिश्वब्यापी महामारिको रुपमा फैलिएको कोरोना भाइरस ले गर्दा कुनै पनि सामुहिक भेला,सभा सम्मेलन तथा भेटघाट गर्न नसकिने अवस्था भएकोले कुवेत सरकारको नियमलाई पालन गर्दै जुम भर्चुअल भिडियो कन्फरेन्स द्वारा २६ औ विश्व आदिबासी दिवस मनाउने भएको हो ।

नेपाल आदिवासी जनजाति महासंघ कुबेतको मुल आयोजनामा, महासंघमा आबद्ध तमू समाज कुबेत,तमू प्ये ल्हु संघ कुवेत, नेपाल मगर संघ शाखा कुबेत,नेपाल तामाङ घेदुङ कुवैत,किरात राई यायोक्खा शाखा कुबेत, किरात याक्थुङ चुम्लुङ कुबेत, नेवा:गूठी कुवेत,सुनुवार सेवा समाज कुबेत, गरि ८ संस्था महासंघमा आबद्ध रहेको छन् ।

जुम भर्चुअल भिडियो कन्फरेन्स कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाईदिन हुन कुवेतमा रहन्दै आउनु भएको सम्पूर्ण आदिबासी दाजु भाई तथा दिदी बहिनीहरु लाई नेपाल आदिबासी महासंघ कुवेतले हार्दिक अनुरोध गर्दै कार्यक्रम तालिका समेत सार्बजनिक गरेको छ ।

कार्यक्रमको विवरण

मिति : ७ अगष्ट २०२० शुक्रबार

समय : दिनको ठिक १:00 बजे

जुम भर्चुअल भिडियोकन्फ्रेस

आयोजक : आदिवासी जनजाती महासंघ कुवेत शाखा

मंगलबार, साउन २०, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]