विमल भट्टराई
सुनवल ।

संगीतको क्षेत्रमा केही समय देखि बजारमा चहलपहल हराएको थियो अहिले कलाकार हरु फेरि सक्रिय पहिलेको जस्तै जोस र जागरुक,को साथ आउन थालेका छन् ।शिखा मिडिया प्रा लि बाट गरिवको जीवन छोटो फिल्मको छायांकन सम्पन भएको छ । केही समय देखी लकडाउनको समयमा दैनिक गुजारा गरेर घर चलाउने हरुको यथार्थ कथामा बिशेष आधारित गरेर बनाईएको छ ।

कुमार बुढाको लेखनमा रहेको गरिवको जीवन भने छोटो फिल्म बजारमा आउने तयारी रहेको एउटा गरिब जिन्दगी हाम्रो समाजमा कसरी चलिरहेको छ यस्तै कथाबेथा समेटिएर निर्माण गरिएको छ। अब भिडियो केही समयमै बजारमा सार्वजनिक हुने भएको छ ।उक्त छोटो फिल्मको भिडियो निर्देशक विमल भट्टराईले गरेका छन् । कथामा एक घर परिवार भित्रको कथालाई लिएर श्रीमान श्रीमतिको भुमिकामा श्रीमान मदिरा सेवन गरेर दुख दिने जस्तो हाम्रो समाजमा घट्ने घटनालाई देखाइको निर्देशक भट्टराई बताए ।कति प्रायका मदिरा सेवान गर्नाले नै घर खर्च चलाउन मुस्किल भैरहेको देखिन्छन् यस्तै पात्रहरू देखिन सकिने छ ।भने अन्य कमेडी र विभिन्न समसामहिक रहेको निर्देशक भट्टराईले जानकारी दिनु भयो । जसमा मिना राना , विमल भट्टराई , पुरन अधिकारी, र माया मगर,भने धनमाया थापा , अर्जुन क्षेत्री र बाल कलाकर मेनका आले को कलकारिकतामा सुनवल ४ बेलारीमा छायाङ्कन राज चौधरी र विमल भट्टराईको रहेको थियो ।

यसमा मिडिया पान्टरमा दर्पण पोष्ट डट कम र अनलाइन रेडियो दर्पण रहेका छन् भने दर्पण टिभी नेपाल युटुब च्यानलबाट साउन ४ गते टेलस सार्बजनीक गर्ने निर्देशक भट्टराईले जानकारी दिनुभयो । छोटो फिल्मको बजारमा अहिले थरीथरीका आइरहेको समयमा अहिले बिल्कुलै फरक धारको बनाउन खोजेको र दर्शक श्रोता लाई नयाँ काम र नयाँ स्वाद दिन खोजेको पूरा टिमको बनाइरहेको फिल्मले कतिको सफलता पाउने हो त्यो भने समय बताउला । तर अहिले भने निकै आशाबादी बनेका छ कलाकारहरु केही समय देखि लकडाउनको कारण बजारमा फिल्म कमै आइरहेको थिए अहिले केही खुकुलो भएपछि एकपछि अर्को गर्दै आइरहेको छ ।

आइतबार, साउन ०४, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]