काठमाडौं १८ असार / केहिदिन देखि सामाजिक सञ्जालमा नायिका साम्राज्ञी शाह र अभिनेता भुवन केसी बिच दोहोरी चलेको थियो । उक्त बिषयमा नायिका साम्राज्ञीले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै भुवन केसीलाई थप आरोप लगाएपछि सामाजिक सञ्जालमा उक्त बिषय को चर्चा चलेको थियो ।साम्राज्ञीको भिडियोको जवाफ दिँदै अभिनेता भुवन केसीले बिहिवार दिउँसो सामाजिक सञ्जाल मार्फत खुल्ला पत्र लेखेका छन् ।

पढ्नुहोस् :

डियर सम्रागी

तपाईं लाई पहिलो पटक नाइकाको रुपमा सुपर काजल फिल्मको चल्चित्र ड्रिम्स बाट चल्चित्र क्षेत्रमा पदार्पण गर्ने मौका दिने ब्यक्ति प्रती ,तपाईं धन्यवादि हुनुहुन्छ भन्नेमा म अपेक्षा गर्दछु ! करिब ६ बर्ष अगाडि निर्माण भएर प्रदर्शन समेत् भै सुपर हिट् भएको चलचित्र ड्रिम्सको शूटिङ को क्रममा पानी खान पाइन ,छाता वोड्न पाइन ,सूबिधा प्राप्त भएन भन्ने जस्ता झु’ठा कुराहरु उठाएर चलचित्र प्रदर्शन भएको लग्भग तीन बर्ष पछाडि ,र आज भोली मात्र म लगायेत् अरु निर्माता हरु लाई पनि गा’ली ग’लौज गरेको देख्दा आस्चर्य लागेको छ !

आफु लाई ब्रेक दिने पितातुल्य ब्यक्तीको बारेमा अनर्गल तथा झु’टा कुरा हरु उल्लेख गरी तपाईंले मेरो बारेमा आफ्नो इन्टाग्राम मा भिडियो पोस्ट बनाइ पोस्ट गर्नु भएको सामाग्रीहरुको सम्वन्धमा मेरो ग’म्भिर ध्यान आकर्षण भएको छ !!

अब उप्रान्त तपाईंले म भुवन के सी ले बिगत करिब् चालिस् बर्ष देखी नेपाली चालचित्र मा काम गरी बिभिन्न सुपरहिट फिल्म निर्माण पनि गरी आज सम्म येहि चलचित्रको क्षेत्रमा रातो दिन कार्यरत रही मैले हासिल गरेको मान प्रतिष्ठाहरुमा आ’घात पुग्ने गरी पुन :तेस्ता मान म’र्दन हुने प्रकारका सामाग्रीहरु इन्स्टाग्रम फेसबुक या अन्य कुनै पनि सामाजिक सन्जालमा पोस्ट नगर्नहुन सुचित गर्दछु !

मेरो यो सुचना को बाबजुद तपाईंले यस्ता झु’ठा ला’न्छना लगाउने कार्यहरु गरे गराएमा तपाईं उपर प्रचलित साइबर् कानुन र मा’नहा’नी सम्बन्धि कानुन को प्रगोग गरी मलाई पुग्न गएको मान सम्मानको हा’नी नो’क्सनी उपर तपाईं बाट एथोचित क्ष’तिपु’र्ती गराउने र तपाईंलाई का’नुन बमोजिमको स’जायको भागेदारी गराउनु को निमित्त,आवस्यक कानुनी प्रकृयाको थालनि गर्ने ब्यहोरा तपाईं लाई बढो दु:ख का साथ जानकारी गराउदछु |

भवदिय भुवन के .सी

सिनमंगल ,काठमाडौं ,वडा न .९

मिती २०७७ साल आशढ १८ गते

शुभम !!!

बिहिबार, आषाढ १८, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]