बिराटनगर : नयाँ परिस्थितिको सिर्जना नभएमा केही महिनाभित्र नै प्रदेश १ मा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण्मा आउने दाबी सरकारी तहबाट गरिएको छ । पछिल्लो समयमा भारत लगायतका अन्य मुलुकबाट आउने मानिसको चाप कम हुँदै गएको र प्रदेशभित्र समुदायस्तरमा कोरोना भाइरस नदेखिएकाले यस्तो दाबी गरिएको हो ।सङ्क्रमणबाट प्रभावित झापा र उदयपुर लगभग नियन्त्रणको अवस्थामा पुगेको छ । सुनसरी र मोरङ पनि केही दिनभित्र नै नियन्त्रण हुनसक्ने र अन्य जिल्लामा सङ्क्रमणको अवस्था सामान्य रहेकाले साउन महिनाभित्रमा प्रदेश १ मा कोरोना भाइरस पूर्णरूपमा नियन्त्रणमा आउने प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताउनुभयो ।

यसअघि उदयपुरको भुल्के र धनकुटामा समुदायस्तरमा देखिएको कोराना भाइरस नियन्त्रणमा आइसकेको र अन्य स्थानमा अहिलेसम्म विदेशबाट आइ क्वारेन्टाइनमा रहेका मानिसमा मात्र भाइरसको सङ्क्रमण फेला परेको उहाँको भनाइ छ ।वैशाख ५ गते पहिलोपटक उदयपुरस्थित त्रियुगा नगरपालिका–३ को झुल्केमा सङ्क्रमण देखिएको यस प्रदेशमा हालसम्म कुल ४६४ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । जसमध्ये २४५ जना उपचार पछि अस्पतालबाट डिस्चार्ज भइ घर फर्किएका छन् २०३ जना उपचारको क्रममा रहेका छन् । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

बुधबार, आषाढ १०, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]