Khotang Post

१ वर्ष अगाडि

ओखलढुङ्गा, प्रदेश १ को ओखलढुगॉं जिल्ला सुनकोसि गाऊँपालीका वार्ड न १ बलखु , सिमलचौरमा अवस्थित काली गुफा ऐतिहासिंक र परौणिक गुफा मानिन्छ । परापूर्व कालमा भस्मासुर नामको दानबले लामो समय सम्म पशुपति मा तपस्या गरि बस्दा महादेव प्रसन्न भै बारदान माग्ने क्रममा भगवान महादेबले त्यो दानबलाई तिम्रो तपस्या देखी म खुसी भए बारदान माग भन्दा , त्यो दानव भस्मासुरले मैले कसैको सिर मा हात राख्दा तेसको भस्महोस भनी बरदान माग्यो र भगवान महादेवले तथास्तु भनी बरदान दिन साथ तपाई लाई नै मार्छु भनी सो दानवले भगवान महादेबकै शिरमा हात राख्न खोज्दा माहादेब भाग्नुभयो र त्यस दानबले लखेट्दा भाग्दै जाने क्रममा यस गाऊँमा काली गुफा बनाई बसे यस काली गुफामा पनी सो दानब आइपुग्यो र फेरी तेहा बाट भागेर हलेशीमा गई लुक्न पुगेका थिए भन्ने किम्बदंती पाइन्छ ।
यस काली गुफामा न त राज्यको नै ध्यान जान सकेको छ नत कुनै सम्बन्धित पक्क्षेको ध्यान पुगेको छ , यस काली गुफाको संरक्षणको लागी एउटा तदर्थ समिती भने बनेको थियो बनेको र उक्त समिती ले पनि केहि काम गर्न सकेन नसकेको स्थानीय बुढापाका हरु को भनाइ छ ।
यो काली गुफाको लम्बाई ५० मिटर , चौडाइ ( भित्र ) २८ मीटर को पश्चिम भाग मा क़रीब १५०/२०० जना जती मॉनीश बस्ने स्थल छ भने पूर्व तिर भगवान महादेव निस्केको स्थान क़रीब क़रीब १५० जना जती मानिस हरू बस्न मिल्ने स्थल रहेको छ ।
यस ठाऊलाई स्थानिय सरकार प्रदेश सरकार तथा संघीय सरकार कसैको ध्यान गएमा यस ठाऊलाई पर्यटकिय स्थलको रूपमा चिनाउन कती समय पनी नलाग्ने देखिन्छ । स्मरण रहोस सम्बंधित निकायहरूले यस ठाऊलाई चिनाउन र काली गुफालाई सरक्षण गर्न प्रचार प्रसार गर्न बीबेकशिल युवा समाज सिमलचौर ले अहिले अग्रहणी भूमिका निर्बाह गर्दै व्यवास्तापन गर्ने तयारी थालेको छ र सबै लाई सहयोग गरिदिनु हुन समेत अनुरोध गरेको छ

आइतबार, जेठ ३२, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
सामाजिक संजाल

ताजा
लोकप्रिय
हाम्रो समुह

सन्चालक: सुजन श्रेष्ठ

सम्पादक :

सह – सम्पादक :कृष्णकला राई

समाचार प्रमुख : राम बहादुर बिश्वकर्मा

सम्पर्क

खोटाङ प्रदेश न . १ खोटाङ

email: [email protected]

[email protected]